---Advertisement---

लाम्पाटामा पहिरो खस्यो, बेनी-दरबाङ सडक अवरुद्ध

On: September 15, 2025 11:12 AM
Follow Us:

पश्चिम म्याग्दीको लाइफलाइन मानिएको बेनी–दरबाङ सडकखण्डको लाम्पाटामा सडक माथिबाट खसेको पहिरोका कारण बेनी–दरबाङ सडक अवरुद्ध भएको छ ।मंगला–२ मा पर्ने लाम्पाटा सोमबार विहान खसेपछि सडक अवरुद्ध भएपछि मंगला, मालिका,धवलागिरी गाउँपालिका सहित बागलुङको पश्चिम क्षेत्र जाने सवारीसाधन रोकिएको छ ।


विगतमा यस क्षेत्रमा पहिरोले सताउने गरेकोमा पछिल्लो समय पहिरो रोकिएको थियो । बेनी–दरबाङ सडकमा बेनी नगरपालिका–४ सिङ्गा तातोपानीको घुमाउने भिर, मालिका गाउँपालिका–६ को बाङ्गेभिर र लाम्पाटादेखि रणबाङका क्षेत्रमा पहिरो खस्दा पटकपटक सडक अवरुद्ध हुने गरेको छ । करिब दुई दशक अगाडी सडक विस्तारपछि २४ किलोमिटर दूरीमा पर्ने अहिले प्रमुख समस्या पहिरो बनेको छ ।

Leave a Comment