प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा नियुक्त भएका तीन मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ खुवाउनुभयो ।
शुक्रबार प्रधानमन्त्रीमा नियुक्त भएकी कार्कीले आइतबार बिहान मन्त्रिपरिषद् विस्तार गर्दै तीन जना मन्त्रीलाई समेटेकी हुन् । शपथ ग्रहण समारोहमा प्रमुख न्यायाधीश, राष्ट्रिय सभाका अध्यक्ष, संवैधानिक निकायका प्रमुख, उच्चपदस्थ सुरक्षा अधिकारीहरू, तथा सञ्चारकर्मीहरूको उपस्थिति थियो ।
नवनियुक्त मन्त्रीहरूमा , कुलमान घिसिङ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री ,ओमप्रकाश अर्याल गृह, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री र रामेश्वर खनाल अर्थ मन्त्रीमा नियुक्त भएका छन ।
प्रधानमन्त्री कार्कीले प्रारम्भिक मन्त्रिपरिषद्लाई विस्तार गर्दै सरकारलाई पूर्णता दिने प्रक्रिया अघि बढाएकी बताइएको छ । यद्यपि, मन्त्रिपरिषद् अझै अधुरो रहेको र आगामी दिनमा थप मन्त्रीहरू नियुक्त हुने सरकार स्रोतले जनाएको छ ।