म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको छैठौं अन्तर्राष्ट्रिय महाधिवेशन स्थगित भएको छ । उत्पन्न असहज परिस्थितीलाई मध्यनजर गदैं असोज २२ र २३ गते सदरमुकाम बेनीमा हुने भनिएको महाधिवेशन स्थगित भएको महासचिव सुनेश केसीले बताउनुभयो । महासचिव केसीका अनुसार महाधिवेशनको अवसरमा आयोजना गर्ने भनिएको दोस्रो मोना भलिबल कप र विविध सांस्कृतिक कार्यक्रम पनि स्थगित गरिएको छ ।परिवर्तित परिस्थितिलाई मध्यनजर गर्दै अनुकुल समयमा महाधिवेशन सम्पन्न गर्ने मोना अन्तर्राष्ट्रियले जनाएको छ।
मोनाले महाधिवेशनको अवसरमा बेनी नगरपालिका–७ मंगलाघाटमा निर्मित हुने मोना हाउसको समेत शिलन्यास गर्ने तयारी भइरहेको थियो । अहिलेसम्म मोनाको जग्गा खरिदका लागि अध्यक्ष ददीवल खड्काले २५ लाख, सल्लाहकार मिम पूर्जा ५ लाख, उपाध्यक्ष हरि राम्जाली ३ लाख ५० हजार, उपाध्यक्ष किसान जिसी १ लाख ५१ हजार १११, उपाध्यक्ष इन्जिनियर नन्द गर्बुजा १ लाख २१ हजार १२१ रुपैयाँ, महासचिव सुनेश केसी १ लाख १ हजार, कोषाध्यक्ष १ लाख ११ हजार १११ रुपैयाँ र संस्थापक सदस्य संरक्षक सुवासकुमार श्रेष्ठ ५० हजार रुपैयाँ मोनाको खातामा जम्मा भएको कोषाध्यक्ष फगामीले जानकारी दिनुभयो ।