मुस्ताङको लोमान्थाङ गाउँपालिका–५,लोवथाङ गल्फ कोर्समा शनिबार सम्पन्न भएको चौथो संस्करणको गल्फ प्रतियोगिता च्याम्पियन भक्तराज गुरूङ भएका छन् । १८ होलमा ३७ अंक जोड्दै उपाधी जितेका हुन् । प्रतियोगितामा गल्फर देब पुन ३५ अंक जोड्दै उपविजेता भए ।
विश्वकै उच्च स्थान समुद्री सतह बाट ४ हजार ७ सय मिटरको उचाइमा अवस्थित गल्फ कोर्समा यसपटक जलवायु परिवर्तनको असरका बारेमा ध्यानार्कषण गराउन ‘टी फर क्लाइमेट’ नारा सहित आयोजित प्रतियोगितामा महिला गल्फर जान्भी गुरुङ विजेता भए भने गिता गुरूङ उपबिजेता, सिनियर विजेता नारायण गुरूङ, बेष्ट ग्रस र होल नजिक हिर्काउँदै ‘क्लोजेष्ट टु दि पीन’को विजेता श्याम तामाङ, सबैभन्दा लामो ड्राइभ विजेता भक्तराज गुरूङ, सर्वाधिक बर्डी हिर्काउने गल्फरको पुरस्कार सञ्जिव तिवारी र सर्मथक विजेता सुर्यप्रसाद शर्मा रहेका छन् ।
Adv

होल ईन वानको पुरस्कार भने कसैले जित्न सकेनन। होल ईन वान विजेता गल्फरलाई सजाईको घोडा पुरस्कार रहेको थियो । विजेतालाई लोमान्थाङ गाउँपालिका अध्यक्ष टसी न्हर्वु गुरुङ, मुस्ताङ गल्फ कोर्सका प्रबन्ध निर्देशक इन्द्रधारा विष्टले पुरस्कार वितरण गरेका थिए । उक्त प्रतियोगितामा विजेतालाई क्रमश ३० हजार, २० हजार र १० हजार रुपियाँ पुरस्कार प्रदान गरिएको थियो ।
प्रतियोगितामा देश तथा विदेशबाट ५५ देखि ६० गल्फरहरूले च्याम्पियनसिपमा भाग लिने जानकारी आएपनि जेन–जी प्रदर्शनका कारण कफ्र्यु तथा निशेधाज्ञाका कारण २४ जनाको सहभागिता रहेको थियो ।जलवायु संकटको चपेटामा परेको मुस्ताङका बारेमा ध्यानार्कषण गराउन मुस्ताङको लोमान्थाङ गाउँपालिका–५, लोमान्थाङको लोवथाङमा गल्फ कोर्समा चौथो संस्करणको गल्फ प्रतियोगिता हुने भएको छ ।
विश्वकै उच्च स्थान समुद्री सतह बाट ४ हजार ७ सय मिटरको उचाइमा अवस्थित गल्फ कोर्सबाट जलवायु परिवर्तनको असरका बारेमा ध्यानार्कषण गराउन ‘टी फर क्लाइमेट’ शीर्षकमा आगामी भदौ २८ र २९ गते अन्तराष्ट्रि«य गल्फर सहितको उपस्थितीमा प्रतियोगिता हुने मुस्ताङ गल्फ कोर्सका प्रबन्ध निर्देशक विष्टले बताए । प्रतियोगितालाई गण्डकी प्रदेश, लोमान्थाङ गाउँपालिका सहित प्रतियोगिता सम्पन्न गर्न प्रभु बैंक, सिटी एक्सप्रेस मनी ट्रान्सफर लगायत विभिन्न प्रायोजक रहेका छन् ।
लोमान्थाङमा रहेको गल्फ कोर्ष हाईअल्टिच्युडको दृष्टिकोणले विश्वकै अग्लो स्थानमा रहेको दाबी सहित गिनिज वल्र्ड रेकर्ड कायम गराउन यसबर्ष लागिपर्ने प्रबन्ध निर्देशक विष्टले बताए । हाल विश्वमा छिमेकी देश भारतको सिक्किममा याक गल्फ ३ हजार ९ सय ७० मिटरमा रहेको छ । बोलिभिको ला पाजमा ३ हजार २ सय ६० मिटरको उचाई र ३ हजार ३८ मिटरमा चीनको जाडे ड्रागन माउण्टेन गल्फ क्लब र कुपर क्रिक गल्फ क्लब ३ हजार ६ मिटर उचाई मापन गरिएको छ ।