---Advertisement---

म्याग्दीमा कच्ची र पक्की सडकमा ट्याक्सी भाडा निर्धारण

On: September 18, 2025 8:09 PM
Follow Us:

म्याग्दीमा सञ्चालित टयाक्सीको भाडादर पक्कीमा १७ र कच्चीमा ३० रुपैयाँ प्रतिकिलोमिटर, प्रति यात्रु कायम भएको छ । जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीको अध्यक्षतामा बसेको जिल्ला अस्थायी मार्ग तथा भाडादर निर्धारण समितिको बैठकमा पक्की, कच्ची सडकमा बस, जीप सहित ट्याक्सीको भाडादर निर्धारण गरिएको थियो ।

अब जिल्लाभित्र पक्की र कच्ची सडकमा गुड्ने ट्याक्सीले किलोमिटरको आधारमा भाडादर तोकेर यात्रुले देख्ने गरी राख्नुपर्ने छ । भाडादर निर्धारण समिति, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक कार्यालय म्याग्दी स्थानीय तहसँग समन्वय गरी अनुगमन समेत गर्ने छ ।

तोकिएको भाडादरको मापदण्डमा रहेर एकसाताभित्र जिल्लाभित्र सवारीसाधन सञ्चालन हुने रुटमा भाडादर तोकेर जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक कार्यालयमा पठाउने निर्णय भएको प्रजिअ तिवारीले बताउनुभयो ।
जिल्लाभित्र प्रति किलोमिटर यात्रुले तिनुपर्ने भाडादर समायोजन भएपछि यात्रुलाई राहत भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख सुर्यबहादुर थापाले तोकिएको भाडादरलाई कार्यान्वयन गर्न प्रहरीले समेत थप सक्रियता देखाउने बताउनुभयो ।

जिल्ला ट्राफिक कार्यालयले सडकमा तोकिएको भाडाअनुसार यात्र र चालकलाई छड्ने अनुगमन गर्ने जनाएको छ । हाल तोकिको किलोमिटरको आधारमा बेनीदेखि रत्नेचौर जान ट्याक्सीमा १२५.५ रुपैयाँ तिनुपर्ने छ भने बेनी बावियाचौर २५५ रुपैयाँ,बेनी दरबाङ ४०८ रुपैयाँ रहेको छ । एक साताभित्र सवै भाडाका सवारीसाधन चल्ने रुटको किलोमिटर कायम गरी मापदण्ड अनुसारको भाडादर सार्वजनिक र सवारीसाधनमा टाँस गरिने छ ।

Leave a Comment