---Advertisement---

राष्ट्रिय जनजागृति माविमा विब्यस र शिअसंघ गठन

On: September 19, 2025 8:58 PM
Follow Us:

म्याग्दीको मंगला गाउँपालिका–१,पूर्णगाउँमा अवस्थित राष्ट्रिय जनजागृति माध्यमिक विद्यालयको ब्यवस्थापन समिति र शिक्षक अभिभावक संघको नयाँ कार्यसमिति चयन भएको छ । विद्यालयमा आयोजित अभिभावक भेलाबाट विब्यस अध्यक्षमा डेकबहादुर गौचन (मनीष), सदस्यहरूमा रन बहादुर अर्मजा,कमला सुवेदी, जयन्ती आचार्य, खिमबहादुर परियार, सीता विक, नरबहादुर खत्री (वडा सदस्य),गीता कुमारी चोखाल खत्री र सदस्य सचिवमा विद्यालयका प्रधानध्यापक टेकबहादुर राम्जाली रहनुभएको छ ।
त्यसैगरी आसबहादुर थजालीको अध्यक्षतामा शिक्षक अभिभावक संघ गठन भएको छ ।

समितिको सदस्यहरुमा एंजिला भण्डारी, माया अर्मजा, चित्रा अर्मजा, सीता राम्जाली, राजकुमारी विक, सुनिता विक, सुनिता खत्री,लालकुमारी विक, प्रअ टेकबहादुर राम्जाली र सदस्य सचिवमा रामबहादुर आचार्य रहनुभएको छ । नवनिर्वाचित विब्यस अध्यक्ष गौचनले विद्यालयको शैक्षिक तथा भौतिक गतिविधिसँगै विद्यार्थी र शिक्षकको क्षमता विकासमा कार्यक्रमहरुलाई प्राथमिकता दिने बताउनुभयो ।

समुदायको सक्रियतामा स्थापित विद्यालयको भौतिक तथा शैक्षिक गतिविधिमा समुदायस्तरबाट विभिन्न कार्यक्रम गरी सहयोग जुटाउने गरिएको छ । विद्यालयका प्रअ राम्जालीले विद्यालयका हरेक गतिविधिमा समुदायको सहयोगका कारण अहिलेको अवस्थामा आएको बताउनुभयो ।

Leave a Comment