म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोटस्थित स्वास्थ्यचौकी जीर्ण बनेपछि सेवा प्रभावित भएको छ । करिब ३० वर्षअघि बनेको एकतले भवनको छानो चुहिन थालेपछि बर्खायाममा त्रिपालमुनि बिरामीको उपचार गर्नुपर्ने अवस्था आएको चौकी प्रमुख अजित विकले बताए ।
चार वटा साँघुरा कोठामा बिरामी जाँच, औषधि वितरण र सामान्य उपचार हुँदै आएकोमा छानाबाट पानी चुहिँदा अस्थायी रूपमा त्रिपाल ओढेर सेवा दिइएको छ । यस वर्षदेखि सुरु भएको प्रसूति सेवासहित मासिक १५०–२०० जनाले स्वास्थ्यचौकीबाट उपचार लिने गरेका छन् ।
वडाध्यक्ष टङ्कप्रसाद पुनले भने जग्गाको अभावका कारण नयाँ भवन निर्माण प्रक्रिया अघि बढाउन नसकिएको उनले बताए । RSS