---Advertisement---

दसैँ टीकाको साइत कुन देशमा कहिले ?

On: September 20, 2025 5:44 PM
Follow Us:

यो वर्ष बडादसैँको टीका विभिन्न देशमा लगाइने शुभसाइत सार्वजनिक गरिएको छ । विदेशमा बस्ने नेपालीका निम्ति अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले शनिबार (असोज ४) साइत सार्वजनिक गरेको हो ।

देशभित्रका निम्ति नेपाल पञ्चांग निर्णायक विकास समितिले यसअघि नै साइत सार्वजनिक गरिसकेको छ । नेपालमा असोज १६ गते बिहान ११ बजेर ५३ मिनेटमा दसैँ टीकाको उत्तमसाइत रहेको समितिले जनाएको छ ।

विदेशमा भने भारतको नयाँ दिल्लीमा अक्टोबर २ को बिहान ११ बजेर ४९ मिनेटको साइत उत्तम रहेको अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले जनाएको छ ।

समितिका अनुसार, अमेरिकाको न्युयोर्कमा अक्टोबर १ को ११ः२५, जापानको टोकियोमा अक्टोबर २ को ११ः३१, अस्ट्रेलियाको सिड्नीमा अक्टोबर २ को ११ः४३, पोर्चुगलको लिस्बनमा अक्टोबर २ को ९ः२३, बेलायतको लन्डनमा अक्टोबर २ को ९ः१७ मा शुभसाइत छ ।

Leave a Comment