म्याग्दीको रघुगंगा गाउँपालिका–६,ठाडाखानीस्थित मालिका आधारभूत विद्यालयमा गठिन धौलागिरी बालक्लबद्वारा आयोजित वृहत् खेलकुद कार्यक्रमको आयोजना गरेको छ । ’स्वास्थ्य,अनुशासन र राष्ट्रको लागि खेलकुद’ भन्ने नारा सहित आयोजित वृहत् खेलकुद कार्यक्रममा अन्तर विद्यालय बास्केटबल प्रतियोगितामा अमर मावि पाखापानी प्रथम, आयोजिक मालिका आमावि द्धितिय भएको छ । बिजेता, उपविजेतालाई १६ हजार, १० हजार, मेडल, ट्रफी, प्रमाणपत्र प्राप्त गरेका थिए ।

प्रतियोगितामा विद्योदय आवि वाखेत, दिपक मावि,महेन्द्र मावि झीँ,अमर मावि पाखापानी तथा रितुङ मावि लगायत ८ विद्यालयको सहभागिता रहेको थियो । त्यसैगरी अन्तर विद्यालय बोतल इन सर्कल कक्षा १–५ मा गौरव आवि, झिँ प्रथम हुदै ३ हजार, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ । सोही अवसरमा सदनस्तरीय प्रतियोगिमा नीलो सदनले सबै भन्दा धेरै अङ्क ल्याएर उत्कृष्ट सदन घोषणा गरिएको थियो ।

प्रतियोगिताको उद्घाटन वडा सदस्य एवम् ब्यवस्थापन समितिका अध्यक्ष टेकजित छन्त्यालले दुर्गम क्षेत्रमा रहेका विद्यालयले प्रविधिको प्रयोगलाई पठन क्रियाकलापमा प्रयोग गदैं अन्य अतिरिक्त गतिविधिलाई समेत उच्च प्राथमिकता दिएको बताउनुभयो । प्रमुख अतिथि छन्त्यालले प्रविधिको प्रयोग गरी गाउँ बाहिर रहेका अभिभावकले समेत नियमित विद्यालयको गतिविधि तथा आफ्ना बालबालिकाको शैक्षिक लगायतका क्रियाकलापका बारेमा समेत जानकारी लिन सक्ने सुविधा उपलब्ध रहेको बताउनुभयो।

सोही अवसरमा शिअसं अध्यक्ष घन बहादुर बुढाथोकीले समेत विद्यालयका गतिविधिबाट अभिभावक सन्तुष्ट रहेको बताउनुभयो । यसैबीच विद्यालयको शैक्षिक पात्रो आनुसार यस विद्यालयमा त्यसै गरेर विद्यालय सदनस्तरीय वृहत् खेलकुद सप्ताहको समापन,प्रथम त्रैमासिक परीक्षाको नतिजा, पुरस्कार ग्रेडसिट वितरण गरेको थियो ।
विद्यालयमा स्थापित पृथ्वी बहादुर सकमती अक्षय कोषबाट प्राप्त स्टेशनरी सामाग्री विद्यालयमा अध्ययनरत सवै छात्र छात्राहरूलाई वितरण गरिएको थियो । शैक्षिक सत्र २०८१ मा उत्कृष्ट अभिभाबक पुनम सुनार र बर्षको उत्कृष्ट शिक्षक रश्मी पाइजा थजाली लाई प्रसंसा पत्रद्वारा सम्मान गरिएको थियो । विब्यस अध्यक्ष छन्त्याल, विद्यालयका प्रधानाध्यापक राजन बानियाँले सञ्चालन, स्वागत शिक्षक रविना पुर्जा पुनले गर्नुभएको थियो ।
















