---Advertisement---

४५ घण्टापछि एकतर्फी खुल्यो नारायणगढ-मुग्लिन सडक, माथिबाट ढुंगा खस्ने क्रम रोकिएन

On: September 21, 2025 5:41 PM
Follow Us:

पहिरोका कारण गत शुक्रबारदेखि अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड तीन दिनपछि एकतर्फी रूपमा सञ्चालनमा आएको छ। तर, सडक खुले पनि पहिरोको जोखिम भने टरेको छैन।

इच्छाकामना गाउँपालिकास्थित तुइन खोला नजिकै खसेको ठूलो पहिरो पन्छाएपछि आइतबार अपरान्ह सवा ४ बजेदेखि सडक एकतर्फी रूपमा खुलाइएको हो।

नारायणगढ र मुग्लिन दुवैतर्फबाट मेसिन प्रयोग गरी आइतबार बिहानैदेखि पहिरो हटाउने कामलाई तीव्रता दिइएको थियो।

राजमार्ग तीन दिनसम्म बन्द हुँदा सयौं सवारीसाधन र हजारौं यात्रु बाटोमै अलपत्र परेका थिए। सडक एकतर्फी खुले पनि रोकिएर बसेका गाडीहरूको लामो लाइनका कारण अहिले उक्त सडकखण्डमा ठूलो जाम लागेको छ।

काठमाडौं र पोखराबाट चितवनतर्फ र चितवनबाट काठमाडौं-पोखरातर्फ हिँडेका यात्रुहरूले घण्टौं जाममा फस्नुपरेको छ।

पहिरोको जोखिम र सवारीको चापका कारण यात्रा सहज हुन अझै केही समय लाग्ने ट्राफिक प्रहरीले जनाएको छ। प्रहरीले यात्रा गर्दा उच्च सतर्कता अपनाउन र वैकल्पिक मार्गको प्रयोग गर्न सकिने अवस्था भए सोहीअनुसार गर्न चालक तथा यात्रुहरूलाई आग्रह गरेको छ।

Leave a Comment