---Advertisement---

दसैँको महत्व सिकाउँदै विद्यार्थीहरुलाई टीका जमरा उपहार

On: September 21, 2025 6:22 PM
Follow Us:

म्याग्दीको मंगला गाउँपालिका–२,बावियाचौरमा रहेको मंगला माविले विद्यार्थीलाई दसैँ संस्कृतिबारे जानकारी गराएको छ । दशैं विदाको अघिल्लो दिन आज आइतबार आधारभुत तहका विद्यार्थीलाई दसैँको धार्मिक, सामाजिक र पौराणिक महत्वका साथै दसैँको शुभकामना आदान–प्रदान गरिएको थियो ।

शिक्षासँगै संस्कार जोड्दै आइरहेको विद्यालयले विद्यार्थीलाई जमरा र टीका उपहार प्रदान गदै दसैँले समाजमा पार्ने सकारात्मक प्रभावका बारेमासमेत जानकारी गराएको विद्यालयका शिक्षक करण कँडेलले बताउनुभयो ।


विद्यालयका प्रधानध्यापक गमबहादुर खत्रीले विद्यालयले किताबी ज्ञानसँगै व्यवहारिक शिक्षा प्रदानलाई प्राथमकिता दिएको बताउनुभयो । प्राविधिक शिक्षासँगै आयआर्जन मुलक गतिविधिमा विद्यार्थीलाई जोड्ने गरेको विद्यालयले सैँलाई सामाजिक सद्भाव कायम गर्दै मनाउन आग्रह गर्नुभएको थियो ।

Leave a Comment