स्थानीय तहमा शान्ति सुरक्षा, अपराध नियन्त्रण र सेवा प्रवाहलाई प्रभावकारी बनाउन सबै पक्षको सक्रियता हुनुपर्ने मंगलबार रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा आयोजित एक कार्यक्रमका बक्ताले जोड दिएका छन् ।
जिल्ला प्रशासन कार्यालयको सहआयोजना र रघुगंगा गाउँपालिकाको आयोजनामा मंगलवार सम्पन्न कार्यक्रममा सहभागीहरुले चाडपर्वको समयमा शान्ति सुरक्षामा असर पर्ने र अपराधिक गतिविधि नियन्त्रणमा स्थानीय तह, समुदाय र सुरक्षा निकायबिच रचनात्मक सहकार्य आवश्यक रहेको बताइएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बद्री प्रसाद तिवारीले चाडपर्वको समयमा सहरदेखि ग्रामिण क्षेत्रमा हुने चहलपहललाई भयरहित बनाउन तथा समुदायस्तरमा हुने अपराधिक गतिविधिलाई न्यूनिकरणमा सहकार्य तथा समन्वय हुनुपर्नेमा बताउनुभयो । म्याग्दी जिल्लामा चाडपर्वको समयमा हुने मेलापर्वहरुमा हुने झगडाले लामो समयसम्म असर गर्ने भएकाले मेलापर्वलाई सुरक्षित बनाउन समुदायको पहिलो सक्रियता आवश्यक रहेको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुर्यबहादुर थापाले यसपटक चाडपर्व लक्षित सुरक्षा रणनीति लागु गरी समुदायस्तरसम्म पुग्ने, प्रविधिको प्रयोगबाट हुने ठगि तथा अन्य सामाजिक विकृतिलाई समेत विशेष निगरानी राखिने बताउनुभयो । समाजमा घट्ने घटनाको सूचना तत्कालै पाउन सकेमा अपराधीलाई नियन्त्रण गर्न सजिलो हुने प्रनाउ थापाको भनाई थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले चाडपर्वको समयमा शान्ति सुरक्षामा खलल पुग्ने गतिविधि नियन्त्रणमा आबश्यक सतर्कता अपनाईएको बताउँदै सुरक्षा निकाय र सरोकारवालासंग आबश्यक समन्वय गरिने बताउनुभयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका रघुगंगा गाउँपालिका कमिटीका अध्यक्ष भविन्द्र शेरपुञ्जा र गाउँपालिकाका शिक्षा समितिका सदस्य मुकुन्द शर्माले मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले गर्नुभएको थियो ।