---Advertisement---

चाडपर्वमा सुकिला नोट जोगाउन म्याग्दी जेसीजको अभियान

On: September 23, 2025 8:55 PM
Follow Us:

नोट मैलो र फोहोर हुने नै मूख्य सिजन नै दशैं हो दशैंको टीका लगाएपछि गच्छेअनुसार मान्यजनले दक्षिणा दिन्छन् । रातो टिका लगाउँदा नोट पनि रंगिन्छन् । जनचेतनाको अभावका कारण पनि धेरै नोटहरू चाडपर्वमै काम नलाग्ने गरी बिग्रिने गरेको अवस्थामा म्याग्दी जेसीजले नोटको सुरक्षा र सरसफाइमा सचेतना अभिबृद्धिमा सघाउने अभियान सुरु गरेको छ ।

म्याग्दी जेसीजले नोटलाई सुरक्षित बनाउनका लागि रंग,अविर नलगाउन, स्टिज नगर्न र सुरक्षित साथ आदानप्रदान गर्नका लागि बजार क्षेत्रमा तथा वित्तिय संस्थामा समेत स्टिगर बनाएर जनचेतना फैलाउने अभियान सुरु गरेको शाखा अध्यक्ष विनोद घर्ती क्षत्रीले बताउनुभयो ।


म्याग्दी जेसीजका पदाधिकारी तथा सदस्यहरुले मंगलवार बेनी बजार क्षेत्रमा नोट सुरक्षा सम्वन्धी सचेतना फैलाउने स्टिगर टाँस गरेका छन् । दशैंमा टिका लगाउँदा र पुजाआजा गर्दा नोटमा अबिर, केसरीसहित रङहरु लागेको नोटको आयू लामो नहुनु भनेको नेपाली अर्थतन्त्रमा नै असर गर्नु भएकाले सचेतनामुलक अभियानले नोटको सुरक्षामा सघाउने म्याग्दी जेसीजका पूर्व अध्यक्ष तथा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष धनञ्जय श्रेष्ठले बताउनुभयो ।


नोट फोहोर, थोत्रो र मैलो हुने कारण मात्रै राज्यलाई वअतिरिक्त ब्ययभार थपिने अवस्थामा म्याग्दी जेसीजको अभियानलाई ग्रामिण क्षेत्रमा समेत पुर्याउने प्रतिबद्धता जनाइएको छ । फोहोर, रङ र तेल लागेको हातले नोटले नछुने हो र आकार अनुसार वालेट वा खाममा राखेर प्रयोग गर्ने हो भने नोटको आयू बढ्न सक्ने गरिमा विकास बैंकका रिजनल चियरपर्सन कमलप्रसाद ढुंगानाले बताउनुभयो । सामाजिक संस्थामार्फत गरिने अभियानले नोटको सुरक्षा हुने बताउनुभयो ।

Leave a Comment