---Advertisement---

म्याग्दी कारागारबाट भागेका ७० कैदीबन्दी फर्किए

On: September 24, 2025 9:51 PM
Follow Us:

जेन–जी समूहको आन्दोलनको मौका छोपी जिल्ला कारागार कार्यालय म्याग्दीबाट फरार भएका ७० जना कैदीबन्दी कारागार फर्किएका छन् ।

आन्दोलनको समयमा कारागारबाट ७६ कैदीबन्दी फरार भएकोमा ३९ जना कैदीबन्दीका परिवार र आफन्तको सहयोगमा फर्किएको र ३१ जनालाई विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर पौडेलले बेनीअनलाइनलाई बताउनुभयो । हाल फरार भएका कर्तब्य ज्यान, लागुऔषधका कारोबारमा संलग्न सहित ६ जनाको खोजीकार्य भइरहेको प्रहरी निरीक्षक पौडेलको भनाई छ ।


‘कैदीबन्दीसँगै भगाउन सहयोग गर्नेहरुलाई समेत खोजी गरिरहेका छौ, आफै सम्पर्कमा आए कानुनी प्रक्रियामा सहज हुन्छ’ प्रहरी निरीक्षक पौडेलले भन्नुभयो । स्वेच्छाले फर्किएका कैदीबन्दीलाई तोकिएको सजाय बाहेक अतिरिक्त सजाय नहुने बताइएको छ । कारागार परिसरभित्र अनधिकृत रुपमा प्रवेश गरी त्यहाँ रहेका ८८ जना कैदीबन्दीहरुमध्ये ७६ जना पुरुष कैदीबन्दीलाई भगाउन सहयोग गर्नेमध्ये ७ जनालाई पक्राउ गरी कारागार ऐन २०७९ विपरीतको कसुरमा अनुसन्धानको कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

Leave a Comment