---Advertisement---

सामाजिक सुरक्षा कोषबारे सहकारी प्रबन्धकलाई अभिमुखीकरण

On: September 24, 2025 10:05 PM
Follow Us:

को-अपरेटिभ म्यानेजर्स क्लब म्याग्दीले विजयादशमी–२०८२ को अवसरमा सामाजिक सुरक्षा कोष सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा सामाजिक सुरक्षा कोष शाखा कार्यालय बुटवलका प्रमुख केदार पौडेलले सहजकर्ताको भूमिका निर्वाह गर्दै कोषको आवश्यकता, सदस्यता प्रक्रिया, योगदानको स्वरुप र त्यसबाट प्राप्त हुने सुविधाबारे विस्तृत जानकारी गराउनुभएको थियो ।


क्लबका अध्यक्ष तथा लोकदीप बचत तथा ऋण सहकारीका प्रबन्धक नेत्रराज सुबेदीलेसहकारी कर्मचारीलाई सामाजिक सुरक्षासँग जोडेर पेशागत हैसियत मजबुत बनाउन यस्ता कार्यक्रम अपरिहार्य रहेको उल्लेख गर्नुभयो । विशेष अतिथि राष्ट्रिय सहकारी बैंक बाग्लुङ शाखा प्रमुख अमृत श्रेष्ठले सामाजिक सुरक्षा कोषमार्फत सहकारी कर्मचारीलाई सुरक्षित बनाउने प्रयास सकारात्मक रहेको बताउनुभयो ।


म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविनकुमार श्रेष्ठले सहकारी संस्था स्थानीय आर्थिक विकासको मेरुदण्ड भएको भन्दै दिगोपनाका लागि कर्मचारी सुरक्षामा ध्यान दिनुपर्ने धारणा राख्नुभएको थियो ।

मुक्तिनाथ सहकारीका सह–व्यवस्थापक हरिकृष्ण आचार्यले कार्यक्रमको सञ्चालन गरेको कार्यक्रममा जिल्लाका २१ वटा सहकारीका प्रबन्धक तथा सञ्चालकहरूको सक्रिय उपस्थिति थियो । म्याग्दीमा रहेका सहकारी संस्थाका कर्मचारीको साझा संस्था को–अपरेटिभ म्यानेजर्स क्लबले वित्तिय साक्षरता कार्यक्रम सहित विभिन्न गतिविधि सञ्चालन गर्ने गरेको छ ।

Leave a Comment