म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटमा आयोजित तेस्रो रिभरसाईड सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिताको उपाधी आयोजकको पोल्टामा परेको छ । बिजया दशमी तथा शुभदिपावलीको अवसरमा आयोजित प्रतियोगितामा आयोजित प्रतियोगितामा निर्धारित समयमा गोलरहित बराबर भएपछि पेनाल्टी सुटआउटमा ३–२ गोलले फेमेलीलाई पराजित गदैं आयोजक रिभरसाईड बगरफाँट युवा क्लवले उपाधि जितेको हो ।

बिजेता, उपविजेताले क्रमश १ लाख १६ हजार ६६६ रुपैयाँ, ६१ हजार, १११ रुपैयाँ सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेको सह–सचिव सचिन कार्कीले जानकारी दिनुभयो ।

उत्कुष्ट खेलाडी रिभरसाईडका अशोक मगर, सर्वाधिक गोलरक्षक रिभरसाईडकै नविन सिलवाल, सर्वाधिक गोलकर्ता बिक्कु फेमेलीका ७ गोल आषिश गुरुङ, उत्कृष्ट डिफेन्डर बिक्कु फेमेलीका रोशन छन्त्याललाई नगद र ट्र«फी वितरण गरिएको थियो ।

अनुशासित टिम पश्चिम दरबाङ र सेमिफाइनबाट बाहिरिने टिमलाई ८ हजार पुुरस्कार वितरण गरिएको क्लवका अध्यक्ष सुनिल थापाले बताउनुभयो । विजेता, उपबिजेता सहित उत्कृष्ट खेलाडीलाई मोना जापानका उपाध्यक्ष सागर कार्की, रिभरसाईड बगरफाँट अष्टेलिया ब्रोर्दसका शुसिल कार्की लगायतले वितरण गनुभएको थियो ।
पछिल्लो समय बगरफाँटका युवाहरु संगठित भै खेलकुदका साथै अन्य सामाजिक,गाउँलाई पर्यटकीय गाउँ बनाउने अभियानका साथै जनचेतनामूलक कामहरुमा लागेका छन् ।

असोजमा आयोजना हुन लागेको रिभरसाइड फुटबल प्रतियोगिता गाउँको प्रतिष्ठासँग जोडिएको प्रतियोगिता पनि भएकोले समाजका हरेक व्यक्तिहरुलाई आवश्यक सहयोग र सरसल्लाहाका लागि यहाँका युवाहरुले आग्रह गरेका छन् ।सदरमुकाम बेनीबजार नजिकै रहेको बगरफाँटको खेलमैदान बनाउन समेत स्थानीय समुदायले चन्दा संकलन गरेका थिए । सदरमुकाम नजिकै भएपनि खेलमैदान सहित अन्य संरचना बनाउन स्थानीयले चन्दा संकलन गर्ने गरेका छन् ।
