---Advertisement---

फ्रेन्डली व्रोदर्श युकेले ज्ञानप्रकाश माविमा स्वास्थ्य उपकरण सहयोग

On: September 26, 2025 12:24 PM
Follow Us:

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानामा अवस्थित ज्ञानप्रकाश माविमा फ्रेन्डली व्रोदर्श युके दाना सेरोफेरोले आपत्कालिन स्वास्थ्य उपचारका उपकरण सहित तालिम सञ्चालन गरेको छ ।

फ्रेन्डली व्रोदर्शले प्रादेशिक स्वास्थ्य तालिम केन्द्रको प्राविधिक सहयोगमा आपतकालिन स्वास्थ्य उद्धारसम्बन्धित तालिम, प्राथमिक उपचारका साम्रागी तथा आपतकालीन अवस्थामा मुटुको धड्कन पुनस्र्थापित गर्न प्रयोग गरिने स्वचालित बाह्य डिफिब्रिलेटर सहितका साम्रागी सहयोग गरिएको विद्यालयका प्रधानध्यापक शान्तबहादुर नेपालीले बताउनुभयो ।


उक्त उपकरणले हृदयघात, अनियमित हृदय लय वा रोकिएको मुटु जस्ता आपतकालीन अवस्थाहरूमा महत्त्वपूर्ण भूमिका खेल्छ । सोही अवसरमा डा.अमित ढुंगाना, डा. सन्दिप केसीले ११ जनालाई उद्धारका लागि आवश्यक पर्ने तालिम सहितको जानकारी दिएर प्रमाणपत्र वितरण गर्नुभएको थियो। अचानक विरामी भएको अवस्थामा आपतकालिन उद्धारले ज्यान जोगिन सक्ने भएकाले पनि तालिम निकै फलदायी भएको वडा अध्यक्ष रमेश पूर्जाले बताउनुभयो ।

उक्त अवसरमा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर पुर्जा, उपकरण सहित सहयोगको सहजीकण गर्ने विष्णु पूर्जा लगायतले बोल्नुभएको थियो । फ्रेन्डली व्रोदर्श युके दाना सेरोफेरोले दानामा शिक्षा, स्वास्थ्य सहित विभिन्न क्षेत्रमा लाखौं सहयोग गरेको छ ।

Leave a Comment