---Advertisement---

फरक स्वादका गायक प्रकाश दुतराजले ल्याए ‘छैन र माया’

By Hari krishna gautam
On: September 26, 2025 11:02 PM
Follow Us:

म्याग्दीको मंगला गाउँपालिका–५,अर्मनमा जन्मिएका यूवा चर्चित गायक प्रकाश दुतराजले नयाँ गीत सार्वजनिक गरेका छन् । गायक दुतराजले हरेक बर्ष दशैंले छपक्कै छोपेका मौकामा सांगितिक कोशेली पस्किन्छन्। चाडपर्वमा स्वदेशदेखि विदेशसम्म सामाजिक एवम् मानवीयाको सवालमा दुतराजले सार्वजनिक गर्ने म्यूजिक भिडियोको सर्वत्र चर्चा हुन्छ ।


यसबर्ष गायक दुतराजले ’छैन र माया’ बोलको गीत बजारमा ल्याएका छन् । एकदिनमै ५ लाख ५१ हजार ४ सय ७५ श्रोता तथा दर्शकले यूटुवमा हेरेका छन् २ हजार ६२ बढीले राम्रो प्रतिक्रिया दिएका छन् । दूतराजले पछिल्लो पटक आफ्ना गीतमा लगातार मेलिनासँग सहकार्य गरिरहेका छन् । उनीहरूको यसअघिको सहकार्यमा रहेका ’जुन माया’, ’रिमै’, ’रेशम’, ’राम साइँली’ गरी सबै गीत हिट छन् । ‘छैन र माया’ गीतको शब्द तथा संगीत प्रकाशकै हो ।

प्रेमकथा बोकेको गीतको भिडियो मुस्ताङ जिल्लाको तेताङ गाउँमा खिचिएको हो । सुन्दर दृश्यमा खिचिएको भिडियोमा प्रकाश र अञ्जली जिसीको अभिनय रहेको छ । गायक प्रकाशको फरक स्वादको गीतसँगै अभियन समेत उस्तै हुन्छ । प्रकाशका गीत बालबालिका देखि बृद्धबृद्धासम्मको जिब्रोमा गुन्जिन्छ।


जाम भो माईली एल्बमको ‘लाहुर जाने रेलैमा’, आरने, बैनी झ्यालैमा, घर कता हो बैनीको, पछ्यौरीको तातो, तिरिरि मुरली बज्यो तारेभीर,फूल लाउँथें शिरमा ‘रिमै’, रेशम र रामसाईली सर्वाधिक लोकप्रिय गितमा पर्छन् । चाडपर्वको बेलामा फुर्सदमा हुने नेपालीलाई लक्षित गरी सन्देशमुलक कोशेली बजारमा ल्याउने गायक दुतराजका गीत करोड क्लवमा मात्रै प्रवेश गदैनन् समाजमा दविएका र दवाइएकाहरुको आवाजले समेत प्राथमिकताका बहसको अवसर पाउँछ । यसबर्ष सार्वजनिक भएको ‘छैन र माया’ ले पनि प्रेमसँगै हिमाली परिवेशलाई सांगितिक कोसेली मार्फत प्रस्तुत गरेको छ ।


यूवापुस्ताको रोजाईमा परेका दुतराजको हरेक गीतमा मौलिकता झल्किने गर्छ। उनका हरेक रचनामा फरक स्वाद हुने भएकाले नै संगीतका पारखीले उनलाई नै खोज्छन्। त्यसैको परिणाम उनका पछिल्ला गीतहरूले यूटुवमा मनग्य कमाइरहेको छ ।साधारण र हसिलो स्वभावका दुतराजले सबै उमेर समुहकालाई लक्षित गरी गीतहरू पस्किने भएकाले नै लामो समयसम्म जिब्रोमा भुण्डिने गरेको छ ।


सर्जक दुतराज घरका पहिलो सन्तान हुन् । गीत गाउने रहरका बाबजुद पनि परिवारको आर्थिक विपन्नतालाई सम्पन्नतामा ढाल्नुपर्ने जिम्मेवारीका कारण धेरै अगाडी नै उनी दर्शकस्रोताको माझ आउन सकेनन् । सांगीतिक क्षेत्रमा दुतराजले गरिबीलाई पन्छाउन हरियो पासपोर्ट समेत बनाए । विदेश जान दिएको पैसा फस्यो तर उनले विदेशको सपनालाई चटक्कै बिर्सिएर नयाँ सोच र सपना बोकेर रित्तो झोला बोकेर गाउँ फर्किए ।


विदेशमा गएर घरको गरिबीलाई पन्छाउने सपना बोकेका दुतराजले काठमाण्डौबाट नेपाली संगीतका पारखीको मन मुटुमा बस्न सफल भएर गायन क्षेत्रमा प्रवेश गरे। दलालसँग पैसा फस्दा दुतराजको सपना नै फेरियो । उनले सिर्जना र स्वर भरेको ’जाम भो माइली’ बजारमा आएको छ। लोक लयमा आधारित उक्त गीतले उनलाई गायन क्षेत्रमा अझै बलियो बनाएको छ ।

म्याग्दी ऐतिहासिक, सामाजिक र सांस्कृतिक महत्वले थप अग्रणी भूमिका खेल्ने जिल्ला भएकाले आफुँलाई यहाँबाट धेरै मायाँ मिलेको बताए । उनले घरजग्गा धितो राखेर पहिलो म्यूजिक भिडियो बनाएका थिए । आफ्नो गीत मनोरञ्जनका लागि भन्दा पनि समाजको विकृती र सामाजिक सद्भावका लागि भएको बताए । गायक दुतराज नेपालका साथै विदेशमा समेत स्टेजमा खोजी हुने गायकका रुपमा चिनिन्छन् । उनले एउटा स्टेज कार्यक्रमको डेढ लाखभन्दा बढी लिन्छन् ।

Hari krishna gautam

Leave a Comment