---Advertisement---

मुस्ताङ भन्सारबाट एक अर्ब ३७ करोड बढी राजस्व सङ्कलन

On: September 28, 2025 8:08 AM
Follow Us:

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाको छोसेरमा अवस्थित मुस्ताङ भन्सार कार्यालय न्हेछुङले दुई सातामै एक अर्ब ३७ करोड भन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

चीनको स्वशासित क्षेत्र तिब्बतको ढोङ्वासेन हुदैं आएका विद्युतीय (ईभी) गाडी, इलेक्ट्रोनिक्स, विभिन्न तयारी पोसाक, हस्तकला,कस्मेटिक साम्रागीबाट आइतबारसम्म एक अर्ब ३७ करोड ७० लाख ४५ हजार भएको भन्सार कार्यालयका प्रमुख रमेश खड्काले बताउनुभयो ।

दुई हप्ताको अवधिमा ७९१ मध्ये ७६९ वटा विद्युतीय सवारीसाधनको भन्सार जाँचपास सम्पन्न गरी गन्तव्यतर्फ पठाइसकेको खड्काले बताउनुभयो । यसैगरी यहाँबाट भित्रिएका ३११ वटा मालवाहक ढुवानी कन्टेनरमध्ये २४६ वटा मालवाहक कन्टेनरको भन्सार जाँचपास सम्पन्न भई गन्तव्यतर्फ प्रस्थान गरेको भन्सार प्रमुख खड्काले बताउनुभयो ।

यसैबीच मुस्ताङबाट मुस्ताङतर्फबाट काठका साम्रागी, ज्याकेट सहित अन्य पोशाक लिएर ५ वटा मालबाहक ट्र«क निकासी भएका छन्। चिनियाँ भन्सारसम्म चिनियाँ चालकले इभी ल्याएर आउने र त्यहाँभित्रबाट नेपाली चालकले गन्तब्यमा पु¥याउन थालेपछि कोरला–जोमसोम–बेनी सडकखण्ड अहिले इभीको लाइन देखिन्छ ।

Leave a Comment