नेपालीहरूको महान पर्व विजया दशमीको अवसरमा म्याग्दी समाज न्युर्योक अमेरिकाले आयोजना गरेको खुल्ला ब्याटमिन्टन प्रतियोगिता टिम बाल्टिमेरिका कुल रोका र किशोर श्रेष्ठको टिम प्रथम हुनुभएको छ ।

समाजले लडआइसल्यण्डमा भेटघाट तथा शुभकामना आदानप्रदान र अमेरिकामा बसोबास गर्ने खेलाडी तथा खेल प्रेमी नेपालीहरुबिच समुधुर सम्बन्ध स्थापित गर्न आयोजित प्रतियोगितामा आयोजक टिमका अमृत जुग्जाली र एलन पुन को टिम द्धितिय र जिवन पुन र विन्दु कुमार पुनको टिमले तृतीय स्थान हासील गर्न सफल भएको समाजका कोषाध्यक्ष रामचन्द्र सापकोटाले बताउनुभयो।

त्यसैगरी टिम ओहायोका खेलाडी शुशिल शुब्बा सर्वोत्कृष्ट खेलाडी हुन भएको छ । बिजेता सम्पुर्ण टिम लाईनगद ट्रफी मेडल र प्रमाणप्रत्र वितरण गरिएको थियो । विभिन्न राज्यहरूबाट २८ टिमको सहभागिता रहेको प्रतियोगितामा सहयोगी दाताहरुलाई प्रमाणपत्र द्वारा सम्मान गरिएको कार्यक्रम संयोजक जिवन पुनले जानकारी दिनुभयो । प्रतियोगिताका प्रमुख अतिथि समाजका अध्यक्ष तिर्थ घर्तीमगरले कर्मभूमी र जन्मभुमीमा समाजमार्फत निरन्तर काम गरेको बताउँदै आगामी दिनमा समेत विभिन्न चाडपर्व तथा कार्यक्रमहरु सञ्चालन गरिने बताउनुभयो ।

कार्यक्रम संयोजक पुनको अध्यक्षता, बरिष्ठ उपाध्यक्ष सोम बुढाथोकीको स्वागत तथा महासचिव चक बहादुर पाइजाको सञ्चालनमा सम्म्पन्न भएको कार्यक्रममा प्रतियोगिताका सहसंयोजक विजय जुग्जाली,महिला उपाध्यक्ष्य प्रतिमाया पुन सल्लाहकार मनप्रसाद रोका; याम पुन मगर, रमेश तुलाचन खेलकुद संयोजक हरी राना मगर संघ अमेरीका न्युर्योक च्याप्टरका अध्यक्ष्य रत्नसिङ गर्बुजाको बिशेष उपस्थिती रहेको थियो ।

