---Advertisement---

मुस्ताङ उद्योग वाणिज्य संघको अध्यक्षमा लालचन

On: September 28, 2025 9:55 AM
Follow Us:

मुस्ताङ उद्योग वाणिज्य संघको तदर्थ समिति गठन गरेको छ । आर्थिक तथा पर्यटनको हब बन्दै गएको मुस्ताङका व्यवसायीलाई एकजुट बनाउन राजुप्रसाद लालचलको अध्यक्षतामा बनेको समितिको सचिवमा तिलक विक, कोषाध्यक्षमा विष्णु शेरचन र सदस्यमा गणेश शेरचन, योगेश शेरचन, विनोद विसी र निशान तुलाचन रहनुभएको छ । तर्दथ समितिले जिल्लाका सबै स्थानीय तह समेटेर थप चार सदस्य मनोनित गर्ने र ६ महिनाभित्रको भेलाबाट अधिवेशन गरी कार्यसमिति चयन गरिने छ ।

तत्कालीन अध्यक्ष खगेन्द्र तुलाचनले स्वास्थ्य समस्याका कारण देखाएर राजीनामा दिएपछि निष्क्रिय रहेका संघको तर्दथ समिति भेलाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्नुभएको थियो । तर्दथ समितिको गठनको अवसरमा महासंघका अध्यक्ष ढकालल त्रिदेशीय व्यापारका लागि मुस्ताङ हब बन्ने सम्भावना रहेकाले कोरला नाकाको व्यवसायिक सञ्चालनका लागि महासंघले थप सक्रियता देखाउने बताउनुभयो ।

महासंघका अध्यक्ष ढकालले भन्नुभयो, ‘‘मुस्ताङ कृषि र पर्यटनसँगै अब त्रिदेशिय व्यापारमा समेत प्रवेश गरेको छ, यो अवसरलाई गुमाउनु हुँदैन ।’’ नेपाल–चीन–भारतबिचको व्यापारलाई फराकिलो बनाउन कोरला–जोमसोम–बेनी–पोखरा सडकलाई सहज तथा नाकाबाट आयात, निर्यातसँगै तिब्बत क्षेत्रमा रहेका धार्मिकस्थलहरूमा आवतजावतको वातावरण बनाउनुपर्नेमा उद्योग वाणिज्य महासंघको जोड रहेको टोलीमा रहनुभएका म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो । 

अन्तरक्रिया कार्यक्रम तथा कोरला भ्रमणमा गण्डकी प्रदेश उद्योग वाणिज्य संघ अध्यक्ष अमृत भट्टचन, केन्द्रीय सदस्य युवराज भण्डारी, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष, गोर्कण कार्की बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन शाक्य, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ, गैडाकोट उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष छवि कँडेल लगायतको उपस्थिति रहेको थियो । 

Leave a Comment