बेनी नगरपालिका–८ कालीपुलमा टिकटक बनाउने क्रममा कालीगण्डकी नदीमा खसेर शनिबार दिउँसोदेखि बेपत्ता भएका एक यूवाको खोजीकार्य जारी छ । कालीपुल बसपार्कको गण्डकी होटल एण्ड रेष्टुरेष्टको पछाडि कालीगण्डकीको किनारमा टिकटक बनाउने क्रममा चिप्लिएर नदीमा खसेर बेपत्ता भएका कालीकोटको शुभकालिका गाउँपालिका–८ का अन्दाजी २२ वर्षीय सदान्द पोखरेलको खोजीकार्यमा प्रहरी दिनभरी जुटेपनि फेला पार्न नसकिएको े प्रहरी निरीक्षक सागर पौडेलले बताए ।
‘आफन्त पनि कालिकोटबाट आउनुभएको छ, भोली पनि खोजीकार्यलाई निरन्तरता दिनेछौ, मालढुंगासम्मको क्षेत्रलाई खोजीकार्यको आधार बनाएका छौ’ सूचना अधिकारी पौडेलले भने ।
बेपत्ता पोखरेल म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा रहेको ठूलोखोला जलविद्युत् आयोजनामा कार्यरत थिए। खोजीकार्यमा नेपाल प्रहरी तथा शसस्त्र प्रहरी परिचालन गरिएको छ ।