---Advertisement---

महारानीथान मन्दिरको एतिहाँसिक महत्वको प्रचार-प्रसारमा जोड

On: September 28, 2025 9:30 PM
Follow Us:

म्याग्दीको बेनी नगरपालिका-७,कुरीलाखर्कमा रहेको महारानीथान मन्दिरको एतिहाँसिक महत्वका बारेमा प्रचारप्रसार नहुदाँ ओझेलमा परेको एक कार्यक्रममा वोल्ने वक्ताहरुले बताएका छन् ।

सदरमुकाम बेनीबजार नजिकै रहेको मन्दिरलाई समुदायको सक्रियतामा पूजाआजा सहित आवश्यक पूर्वाधार विस्तार गरिएपनि एतिहाँसिक महत्वका बारेमा नयाँ पुस्तालाई जानकारी गराउन आवश्यक रहेकोमा जोड दिइएको छ ।

शनिबार महारानी क्षेत्र विकास समितिको सातौं साधारणसभाको प्रमुख अतिथि बेनी नगरपालिकाका मेयर सुरत केसीले सिमित स्रोतसाधनका बाबजुत पनि नगरपालिका भित्रका धार्मिक संघसंस्थाको प्रर्वधनमा सहयोग गरिएको बताउनुभयो ।

प्रमुख अतिथि केसीले महारानी थानको एतिहाँसिक महत्वका बारेमा पुस्तक प्रकाशन गरी प्रचारप्रसारमा सघाउने बताउनुभयो ।


साधारणसभामा समितिकी पूर्व अध्यक्ष अमृतदेवी बानियाँ, म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष एवम् चन्दादाता राजेश शाक्य, पवित्रा बोगटी, बलाराम शर्माले महारानी थानको धार्मिक महत्वको संरक्षण र प्रवद्र्धनमा जोड दिनुभएको थियो ।

समितिका अध्यक्ष चन्द्रबहादुर खत्रीको अध्यक्षता, उपाध्यक्ष बिक्रम श्रेष्ठको स्वागत, कोषाध्यक्ष अञ्जु मल्ल केसीको आर्थिक प्रतिबेदन र सचिव पूर्णबहादुर जिसीको सञ्चालनमा सम्पन्न भएको सधारणसभामा डाडाबारी भजन समुहले भजन प्रस्तुत गरिएको थियो ।


दर्शन, भाकल र पुजाआज गरेमा मनोकांक्षा पुरा हुने जनविश्वास बोकेर भक्तजन आउने गरेका छन् । पर्वत राज्यका मलेबमले भर्तिबमको हत्या गरेपछि विक्षिप्त पत्नी अर्थात् महारानी विश्वप्रभाले कुरिलाखर्कमा अलप भएपछि त्यही स्थानमा पूजाअर्चना गर्न थालिएको र त्यही स्थान ऐतिहासिक महारानी थानका रूपमा प्रसिद्ध छ । महारानी थानलाई ब्यवस्थित बनाउन बेनी संगमचोकका स्वर्गीय तुलबहादुर शाक्य परिवारको योगदान रहेको छ ।

Leave a Comment