---Advertisement---

मुक्तिनाथमा पर्यटक नदेखेर खिन्न लाग्यो : चन्द्र ढकाल

On: September 29, 2025 7:52 PM
Follow Us:

व्यवसायी चन्द्र ढकालले मुक्तिनाथ क्षेत्रमा पर्यटक नदेखिएकोमा खिन्नता व्यक्त गरेका छन्। 

आइतबार बिहान मुस्ताङ जिल्लास्थित श्री मुक्तिनाथ धामको दर्शन गर्न गएका उनले सामाजिक संजाल फेसबुुकमा स्टास लेख्दै यस्तो बताएका हुन् । 

ढकालले गत वर्षको तुलनामा यस वर्ष यस धार्मिकस्थल सुनसान देखिएको बताए। उनका अनुसार गत वर्ष यसै समयमा आन्तरिक तथा बाह्य दर्शनार्थीले भरिभराउ देखिएको मुक्तिनाथ र वरपरको क्षेत्र यसपटक सुनसान देखिँदा मन खिन्न भएको हो।

ढकालले पर्यटनलाई नेपालको विकासको प्रमुख आधार बताउँदै प्राकृतिक, भौगोलिक, धार्मिक र सांस्कृतिक सम्पदाको प्रवर्द्धनमा ध्यान दिन सबैलाई आग्रह गरे। उनले भने, “मुख्य सिजनमै सुनसान देखिएको मुस्ताङ र यस्तै प्रसिद्ध स्थलमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न हामी सबै लाग्नुपर्छ।”

अन्त्यमा उनले “जयश्री मुक्तिनाथ” भन्दै मुक्तिनाथ क्षेत्रको धार्मिक महत्त्व र पर्यटन सम्भावनामा जोड दिएका छन्।

Leave a Comment