---Advertisement---

राँगोको मार हान्न झन्डै ५ लाख बोलकबोल

On: September 30, 2025 10:36 PM
Follow Us:

म्याग्दी, १४ असोज । रघुगंगा गाउँपालिका–२ को भगवती कोत मन्दीरमा बिजया दशमीको नवमीका दिनमा बली चढाईने सरकारी राँगोको मार हान्न (काट्न) चार लाख ९२ हजार रुपैयाँको बोलकबोल भएको छ ।

मंगलबारको कालरात्रीमा भएको खुला बडीबढाउमा (एकघण्टाको समय सिमा) रघुगंगा गाउँपालिका– २ नागनागी निवासी भगवान खत्रीले सबैले भन्दा धेरै चार लाख ८२ हजार रुपैयाँ रकम तिर्ने कबोल गरेर सरकारी राँगोको मार हान्ने पक्का भएको हो ।

पुजा समितिले सरकारी राँगोको बढीबढाउ सुरुवाती मूल्य ५० हजार रुपैयाँबाट सुरु भएको थियो । प्रतिस्पर्धामा भगवान खत्रीको वारिशमा उमेश खत्री बोलेका थिए । भगवती कोत मन्दिरमा कालरात्रीको राति कोटमन्दीरमा सर्वसाधारणको बिचमा खुल्ला बोलकबोल गर्ने परम्परागत चलन रहेको छ । मार हान्ने ब्यक्ति विगत ८ बर्षदेखि फ्रान्स आर्मीमा कार्यरत छन् ।

प्रतिस्पर्धामा भगवतीका विमल बागदाशले ४ लाख ९१ हजार रुपैयाँ बोलेका थिए । अघिल्लो बर्ष रघुगंगा गाउँपालिका– ३ कलेजबाङ निवासी सोवित भण्डारीले ४ लाख ७१ हजार, २०८० सालमा रघुगंगा गाउँपालिका– २, सिजलगाउँ निवासी एकेन्द्र भण्डारीले ३ लाख ३० हजार रुपैयाँ, २०७९ सालको सचिन केसीले रु ३ लाख १५ हजार, २०७८ सालमा आरेन खड्काले ३ लाख रुपैयाँ बोल गरी सरकारी मार हानेका थिए ।

नवमीको दिन बली दिईने राँगो मार हान्ने व्यक्तिहरुको मनोकंक्षा पुरा हुने जनविश्वासका कारण आकाँक्षीहरु धेरै हुने भएकाले खुला बढीबढाउ मार्फत छनौट गरिएको भगवती कोतमन्दीर पुजा व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र भण्डारीले जानकारी दिनुभयो ।

यो क्षेत्रकै ऐतिहाँसिक कोत मन्दीर रहेको र यहाँको सरकारी राँगो काटेपछि मनले आँटेको पुग्छ भन्ने जनविश्वास रहेको छ । हरेक बर्ष सरकारी मार हान्न आकाँक्षा राख्नेहरुको संख्या र बोलकबोल रकम समेत बढ्दै गएको छ ।

‘‘यहाँ सरकारी मार हानेका व्यक्तिहरु सबैको उन्नती प्रगति भएको छ, त्यसैले पनि भगवती कोतमा दुर्गाभगवतीलाई बली चढाइने राँगो मार हान्न ठूलो हानथाप नै हुँदै आएको हो’’–तत्कालिन बाइसे÷चौबिसे राज्यकालदेखी यहाँको कोतमन्दीरमा बढीबढाउ गरी राँगो हान्ने (काट्ने) चलन छ ।

नवमिका दिन कोत मन्दिरमा सरकारी मार हानेपछी पुजा व्यवस्थापन समिति, आफन्तजन र गाउँलेहरुले सरकारी मार हान्ने व्यक्तिको टाउकोमा फेटा गुथाएर बाजागाजासहित सम्मान गर्ने चलन रहेको छ । यहाँ सरकारी मार हान्न हुने बोलकबोल नेपालकै सबैभन्दा धेरै रहेको मानिएको छ ।

Leave a Comment