---Advertisement---

राखु भगवती कोतमा सबैभन्दा महँगो मूल्य तिरेर राँगोको वली दिइयो (फोटो फिचर)

By तिलु शर्मा पौडेल
On: October 1, 2025 7:04 PM
Follow Us:

म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु भगवती स्थित भगवती कोत मन्दिरमा नवमीको दिनमा सरकारी राँगोको बलि दिइएको छ ।अष्टमी अर्थात् कालरात्रिमा खुला बढिबढाउ मार्फत राखु भगवती स्थित नागनागीका भगवान् खत्रीले सबै भन्दा धेरै रु ४ लाख ९२ हजार रकम तिर्ने कबोल गरेर नवमीका दिनमा मार हानेका हुन ।

पूजा समितिले निर्धारण गरेको मूल्य ५० हजारबाट अन्य प्रतिष्पर्धीहरुलाइ पछि पार्दै खत्रीले हालसम्मकै बढी मूल्यको बोलकबोलमा कोत मन्दिरमा राँगो हानेका हुन।

फ्रान्सको आर्मीमा विगत आठ वर्षदेखि कार्यरत खत्रीका भाइ शान्त खत्रीले भुतवलीका लागी दिइने बलीको बढिबढाउ १२ हजारमा जित्दै मार हानेका छन् । एकै परिवारका दुई भाइले मार हानेसँगै नवमीका दिनमा कोतमा एक ईतिहॉस कायम समेत भएको छ । राँगोको छेदन गरेका खत्रीलाई पूजा आयोजक समिति सहितले फेटाले भव्य सम्मान गरेका छन् भने नागनागी चौतारी आमा समूहले पैसाको माला लगाइदिएर शुभाषिश प्रदान गरेका छन् ।

हरेक वर्ष नवमीका दिन सरकारी राँगोको मार हानेपछि पूजा व्यवस्थापन समिति, आफन्तजन र गाउँलेहरूले सरकारी मार हान्ने व्यक्तिको टाउकोमा फेटा गुथाएर बाजा गाजासहित सम्मान गर्ने चलन रहेको छ । यस बर्स १० वटा राँगो र १२ वटा बोकाको बली दिइएको छ जुन भाकल बापतका पञ्रवलिका रहेका छन् । सरकारी रागोपाठोसंगै पञ्चौल राँगो हान्नेलाई पनी आफन्तजनले सम्मान गर्ने गर्दछन् । राँगो काटेपछि मनले आँटेको पुग्ने जनविश्वासले गर्दा बढिबढाउमा भाग लिनेहरू बढ्दै गएका छन्।

तत्कालीन बाइसे/चौबिसे राज्यकालदेखि यहाँको कोतमन्दीरमा बढिबढाउ गरी राँगो हान्ने (काट्ने) चलन छ । यहाँ सरकारी मार हान्न हुने बोलकबोल रकम नेपालकै सबैभन्दा धेरै रहेको अनुमान गरिएको छ ।

तिलु शर्मा पौडेल

Leave a Comment