वैदेशिक रोजगारीका लागि कुबेत जानुभएका मुस्ताङका एक ब्यक्ति २० बर्षदेखि सम्पर्कविहिन भएका छन् । थासाङ गाउँपालिका–४,इन्द्रबहादुर तुलाचन थकाली कुवेतको मजराबाट सम्पर्कविहिन भएको आफन्तले बताएका छन । घरपरिवारको आवश्यकता पूरा गर्न तथा हातमुख जोड्न मजदुर भिषामा कुवेतमा पुगेपछि लामो समयसम्म घर नफर्किए पनि घरपरिवारमा उनी आउने आशा भने मरेको छैन । थकाली कुवेतमा सम्पर्कविहिन भएपछि परिवारको बिचल्ली भएको छ ।
धन कमाउने परिवारको मुख्य सदस्य विदेशम बेपत्ता हुदाँ घरमा समस्या भएकाले तत्काल सम्कर्पमा आउन नेपाल पत्रकार महासंघ कुवेत शाखाका उपाध्यक्ष चन्द्र गोतामेले अनुरोध गर्नुभएको छ । ‘घरमा ठूलो समस्या हुदाँ समेत सम्पर्कमा नआएपछि परिवार झनै चिन्तित छन्, खोजीकार्यका लागि कुवेतमा रहनुहुने सबैलाई अनुरोध गरिएको छ’ कुवेतमा कार्यरत अमिर छन्त्यालले भन्नुभयो ।
घरपरिवारको आवश्यकता पूरा गर्न तथा हातमुख जोड्न मजदुर भिषामा कुवेतमा पुगेपछि लामो समयसम्म घर नफर्किए पनि घरपरिवारमा उनी आउने आशा भने मरेको छैन ।
थकाली कुवेतमा सम्पर्कविहिन भएपछि परिवारको बिचल्ली भएको छ । कुवेतमा अवैध रुपमा कार्यरत भएको कारण समेत घर फर्किन समस्या भएको अवस्थामा नेपाली दुतावास तथा गैरआवासीय नेपाली संघ लगायतका संघसंस्थामार्फत समेत उद्धार गर्ने गरिएको छ ।
NOTE
तस्बिरको हुलियाको आधारमा कसैले चिने देखे/भेटेमा मुस्ताङ घर भाइ हाल कुवेतमा कार्यरत अमिर छन्त्यालको मोबाइल नं. 98830675 मा सिधै वा ह्वाटस्यप नं. +96541036325 मा सम्पर्क गरिदिनुहुन अथवा यसै पोष्ट मार्फत जानकारी गराइदिनुहुन हार्दिक अनुरोध गरिन्छ ।