---Advertisement---

मोना कतारले दशैको सामूहिक टिका ग्रहण

On: October 3, 2025 10:33 AM
Follow Us:

म्याग्दी प्रवासी नेपाली संघ राष्ट्रिय कार्यकारी समिति मोना कतारले दशैैंको अवसरमा शुभकामना आदानप्रदान तथा दशैं टिका ग्रहण कार्यक्रममा हर्षोल्लासका साथ सम्पन्न गरेको छ ।

दशैैमा जन्मभूमीमा परिवारसँग मनाउन नपाएकालाई खल्लो हुन नदिन शुभकामना आदानप्रदान सहित टिका लगाइएको मोना कतारका कार्यबाहक अध्यक्ष देवी कँडेलले जानकारी दिनुभयो ।

सामुहिक टिका ग्रहण कार्यक्रममा मोना कतारका संस्थापक अध्यक्ष प्रेम रसाइलीले चाडपर्वमा घर जान नपाएकाहरुलाई मोनाले हरेक बर्ष आयोजन गर्ने कार्यक्रमले म्याग्देली तथा नेपालीहरु बिचको एकता र सहकार्यलाई थप बलियो बनाएको बताउनुभयो ।


सोही अवसरमा उपाध्यक्ष पदम पुन, सचिव कमल परियार, प्रेम गर्बुजा, कोषाध्यक्ष गंगाधर कँडेल, सह–कोषाध्यक्ष देवि पुन, मालिका गाउँपालिका संयोजक यमुना पटेल,महिला विभाग उपाध्यक्ष पार्वती पुन लगायतले शुभकामना आदानप्रदान गर्नुभएको थियो ।

मोना कतारले आगामी दिनमा झनै उत्कृष्ट कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने सुझाव समेत आएको थियो । मोना कतारले कतारमा रहेका म्याग्देलीलाई समस्या पर्दा तथा विभिन्न कार्यक्रमहरु गरी गोलबद्ध गर्ने तथा जन्मभुमी म्याग्दीमा समेत बर्षेनी रचनात्मक कार्यक्रमहरु गर्ने गरेको छ ।

Leave a Comment