---Advertisement---

रातको समयमा बेनी-जोमसोम सडक बन्द हुने,पदयात्रामा नजान प्रशासनको अनुरोध

By हरिकृष्ण गौतम
On: October 3, 2025 4:38 PM
Follow Us:

जिल्ला प्रशासन कार्यालय म्याग्दीले शुक्रबारदेखि सोमबारसम्म चार दिन भारी वर्षा हुने प्रक्षेपण गरिएकाले बेनी–जोमसोम सडकखण्ड रातको समयमा बन्द गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालयमा शुक्रबार बसेको असोज १८ गतेदेखि २० गतेसम्म साँझ ५ बजेदेखि विहान ६ बजेसम्म बन्द गर्ने भएको छ ।


बाढीपहिरोको जोखिम रहेको सडकखण्ड अन्तरगत पाँच बजेभित्र छिमेकी जिल्ला मुस्ताङको सिमानमा रहेको घाँसा प्रवेश नगर्ने म्याग्दी खण्डमै रोकिने छ भने मुस्ताङबाट आउने सवारीसाधनलाई समेत ५ बजेपछि म्याग्दीतर्फ प्रवेशमा रोक लगाउने निर्णय भएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले बताउनुभयो । असोज २१ गतेदेखि सडक नियमित रुपमा सञ्चालनमा आउने छ ।
सम्भावित वर्षाका कारण बाढीपहिरोसँगै उच्च हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेकाले पदयात्राका लागि आर्कषक गन्तब्य मानिएको उत्तरी म्याग्दीको नर्थ अन्नपूर्ण तथा घोडेपानी, खोप्रा लगायतका क्षेत्रमा क्षेत्रको पदयात्रामा नजान पदयात्री तथा पर्यटकलाई आग्रह गरिएको प्रजिअ तिवारीको भनाई छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले गण्डकी प्रदेशलगायत देशका विभिन्न भू–भागमा मध्यमदेखि र भारी वर्षाको चेतावनी दिएसँगै यस किसिमको सूचना जारी गरिएको हो ।


प्रशासनले विशेषगरी यात्रा गर्नु अगाडी मौसम तथा सडकको अवस्था बुझेर यात्रा गर्न, विपद्को जोखिम भए तत्काल पूर्वतयारीमा जुट्न, सञ्चारका उपकरण तयारी, अधिक बर्षा हुने समय अवधिभरलाई कम्तिमा तीनदिनसम्मका लागि खाद्यान्न ब्यवस्थापन गर्न,पदयात्रामा निस्किएकालाई सूचना दिन, स्थानीय तहले पूर्व तयारी तथा आपतकालिन उद्धारका लागि आवश्यक पर्ने एम्बुलेन्स सहित सवारीसाधनलाई समेत तयारी अवस्थामा राख्न समेत निर्देशन दिइएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले छिमेकी जिल्ला मुस्ताङ, बागलुङ र पर्वतसँग समेत समन्वय गरेको छ ।

हरिकृष्ण गौतम

Leave a Comment