---Advertisement---

‘सारङ्गी रेटौला, मौका मिले फेरी भेटौला’

By हरिकृष्ण गौतम
On: October 3, 2025 8:01 PM
Follow Us:

पश्चिम म्याग्दीमा सुटिङ भएको चलचित्र ‘माइती घर’मा बजेका सारङ्गी धुनहरूका लागि गायक तथा सारङ्गीवादक हेमन्त कान्छा रसाईलीले धेरै मेहनत गर्नुभएको छ ।

फुलपातीका दिनदेखि चलेको अर्को फिल्म ‘हरिबहादुरको जुत्ता’ को गीतमा पनि हेमन्तले सारङ्गी रेट्नुभएको छ । दर्शकका लागि तयारी हलमा जाने तयारीमा रहेको अर्को फिल्म ‘बरिष्ठ बलराम’ मा गुन्जिएका धुनहरू सबै सारङ्गीवादक रसाइलीका हुन् ।


अघिल्लो बर्ष रेकर्ड तोडेको पूर्णबहादुरको सारङ्गीमा सारङ्गी रेटेर जीवन गुजारा गरिरहेको पूर्णबहादुर गन्धर्व (विजय बराल)को संघर्ष र दैनिकीमा केन्द्रित चलचित्रमा रसाइलीले गरेको मेहनतका कारण अहिले फिल्ममा सारङ्गीको धुन आवश्यक परेमा हेमन्तलाई खोज्दै जाने धेरै छन् । यस बाहेक रसाइलीले गीतमा धुन मिसाएर दर्शक,श्रोताको मन जित्न सफल हुनुभएको छ ।


म्याग्दीको मालिका गाउँपालिका वडा नं ४ का रसाइलीले यसअगाडी नेपालमा चलेका छक्का पन्जा,कुशुम (रुकुम मैकोट),ज्वाई साब, महापुरुष, प्रसाद फिल्मको लै–लै र सेल्फी किङ्ग (जिन्दगी को के छ र भर), दर्पण छायाँ–२, प्रदेशी लगायतका ३० ठूला पर्दाका फिल्ममा सारङ्गी धुनहरू मिसाउने अवसर पाएको बताउनुभयो ।


पर्दा पछाडी बसेर होस् या अगाडी आफ्नो कर्मप्रति गर्व गर्न सक्ने सारङ्गीवादक रसाईलीले चलचित्र सहित गीतहरू गरी १७ सयभन्दा बढी गीतमा सारङ्गीको धुन मिसाएको र आफ्ना गीतहरु समेत हरेक बर्ष सार्वजनिक गरेको बताउनुभयो ।

‘चलेका नेपाली चलचित्रमा पर्दापछाडी बसेर काम गर्न पाउँदा निकै खुसी छु, अहिलेसम्म हिट चलचित्रहरूमा सहकार्य गर्न पाउँदा थप मेहनत गर्ने उर्जा थपिएको छ’ गायक रसाईलीले बेनीअनलाइनलाई भन्नुभयो । हातले सारङ्गी, तबला, हार्मोनियम र सर्जक, संगीतकार, गायनमा ब्यस्त रसाईलीलाई बहुप्रतिभाका खानी मानिन्छ ।सांगीतिक क्षेत्रमा लम्किएका गायक रसाइलीले तयार गरेका धेरै धुनहरूमा मेहेनत पोखिएको छ ।


बिस २०५८ सालमा भविस्यको खोजीमा म्याग्दीबाट काठमाण्डौ हानिएका रसाईलीले अहिले चलेका चलचित्र, करोड क्लवमा प्रवेश गरेका म्यूजिक भिडियोमा धेरै अफरले नै सारंगी तिखारिएको बताउनुहुन्छ । ‘मेरो चिनारी यही होे साथी नै सारङ्गी हो ।’ रसाईलीले भन्नुभयो । रहर र चाहना हुदैमा जो कोहीले सारङ्गी बजाउन नसक्ने भएकाले थेरैले नियमित अवसर पाइरहेको भएपनि उत्कृष्ट धुन निकाल्ने र मेहनत गर्नेहरु नै रोजाईमा पर्ने गरेका छन् ।


जापानमा भविष्य राम्रो छ भनेर कमाएको पैसा समेत फसाएका रसाईलीले विदेशमा कमाउने सपनालाई बिट मारेर सांगीतिक क्षेत्रमा लागेकोमा अहिले विदेशमा समेत गएर आफ्नो प्रस्तुती दिन पाएकोमा निकै उत्साहित रहेको बताउनुभयो । स्वदेश तथा विदेशमा सांगीतिक यात्रामा जाने क्रममा आफ्नो जन्मभूमीलाई सम्झिने गरेको रसाइलीको भनाई छ ।

रसाइलीले नियमित गायन तथा चलेका कार्यक्रमहरुमा सारङ्गी लिएर राम्रो पारिश्रमिक पाउनुहुन्छ । दशैको अवसरमा रसाइलीको नयाँ गीत ‘गयो खोली’ सार्वजनिक भएको छ । गायक तथा सर्जक सारङ्गी बाधक हेमन्त कान्छाले सारङ्गीले नै नयाँ नयाँ सम्बन्ध बनाएकाले हरेक ठाउँमा पुग्दा आफ्नो मेहनत र सम्बन्धले नयाँ उचाई पाएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, समयले साथ दिएछ भने सारङ्गी रेट्दै मौका मिले फेरी भेटौला ।’

हरिकृष्ण गौतम

Leave a Comment