---Advertisement---

म्याग्दी प्रशासनको अपिल-अत्यावश्यक बाहेक यात्रा नगर्नु

On: October 4, 2025 7:15 AM
Follow Us:

जिल्ला प्रशासन कार्यालय म्याग्दीले गण्डकी प्रदेशमा अत्यधिक वर्षाको प्रभाव म्याग्दी जिल्लामा समेत पर्न सक्ने भन्दै यात्रा गर्दा सचेतता अपनाउन अनुरोध गरेको छ ।

शुक्रबारदेखि असोज २० गतेसम्म भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेकाले उक्त पूर्वानुमानबमोजिम वर्षा भएमा सडक आवागमन थप जोखिमयुक्त हुनसक्ने सम्भावनालाई दृष्टिगत गर्दैसूचना जारी गरी सार्वजनिक अपिल गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले बर्षाबाट हुने क्षतीलाई रोक्न पूर्वतयारीका लागि सर्वसाधारणदेखि जिल्लाका स्थानीय तहसहित सरोकारवाला निकायसँग समेत समन्वय गरिएको बताउनुभयो ।

‘भारी वर्षा हुने पूर्वानुमान गरिएको समय (आगामी २० गते) सम्म अत्यावश्यकबाहेक यात्रा नगर्नुहुन होला, यात्रा गर्नुपर्दा दिनको समयमा आ–आफ्नो गन्तव्यमा पुग्ने गरी गर्नु अनुरोध छ ।’’


प्रजिअ तिवारीले म्याग्दीभित्रका ग्रामिण सडक तथा बेनी–जोमसोमका साथै जिल्लाबाट बाहिर जाँदा कम्तिमा मंगलबारसम्म रातको समयमा यात्रा नगर्न अनुरोध गर्नुभयो । पूर्वानुमानबमोजिम वर्षा भएको खण्डमा जनधनको क्षती हुन नदिने गरी सुरक्षा निकायलाई समेत अर्लट राखिएको छ ।

यसैबीच जिल्लाका चलेका पदमार्गमा आन्तरिक पर्यटकको चाप देखिएको बताउँदै उक्त अवधिभर पर्यटकलाई पदमार्गमा समेत ननिस्कन, जिल्लाका मुख्य म्याग्दी, कालिगण्डकी, रघुघाट नदी सहित साना खोला–नालामा आकस्मिक बाढी आउन सक्ने, पहिरो तथा भू–क्षयजस्ता विपद्लाई मध्यनजर गरी तटिय क्षेत्रमा सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ ।

Leave a Comment