---Advertisement---

फगामी परिवारद्वारा गलेश्वर आश्रमलाई खाद्यान्न सहयोग

By धनिलाल गर्बुजा
On: October 4, 2025 8:32 AM
Follow Us:

म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा रहेको जेष्ठ नगारिक आश्रमलाई खाद्यन्न सामग्री सहयोग गरेका छन् । रघुगंगा गाउँपालिका–१ बेगखोला स्थित बेगका सामाजिक व्यक्तित्व योगकुमार फगामी, खेमप्रसाद फगामी (भाई), दिपकुमारी पुर्जा (बैनी)का परिवारले आफ्नो दिवंगत पितृको सम्झनामा शुक्रबार आश्रममा रु.३५ हजार बराबरको खाद्यन्न सामाग्री प्रदान गर्नुभएको हो ।

गलेश्वर आश्रममा बस्दै आएका ज्येष्ठ नागरिकहरुलाई लक्षित गरेर फगामी परिवारले स्वर्गीय पिता सबहादुर फगामी, माता पमायाँ फगामी र बहिनी धनकुमारी गर्बुजाको बार्षिक पुण्य तिथी पारेर वृद्धाआश्रमलाई नुन, तेल, चामल, दाल, चिनी, फलफुल लगायतका दैनिक उपयोग्य खाद्यान्न सामाग्रीहरु उपलव्ध गराएको आश्रमका अध्यक्ष बमबहादुर पुनले जानकारी दिनुभयो ।

उहाँका अनुसार दिन दुखि अपहेलित परिवारबाट निश्काशित व्यक्तिहरुलाई आश्रममा आश्रय दिदै आएको छ ।

विभिन्न व्यक्ति र सघंसंस्थाको सहयोगले आश्रम सञ्चालन गर्न सहयोग पुगेको अध्यक्ष पुनले बताउनुभयो । सामग्री वितरण गर्न आएका फगामी परिवारलाई वृद्धवृद्धाले खुशी हुँदै आशिर्वाद दिएको संस्थाले जनाएको छ ।

वृद्धवृद्धा भनेका ज्युँदा देवता हुन् उनीहरुलाई घृणा होइन माया, सम्मान गर्नुपर्छ भन्ने उद्धेश्यले आफ्ना पितृहरुको सम्झनामा वृद्धा आश्रमका आमाहरुलाई उक्त सामग्री उपलब्ध गरेको योगकुमार फगामीले बताउनुुयो । उहाँले आगामी दिनमा पनि ज्येष्ठनागरिक आश्रमका साथै सामाजिक क्षेत्रमा सहयोग गर्ने कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

ब्रिटिस–गोर्खा सैनिक सेवाबाट सेवानिवृत्त पश्चात दर्जनौ संघसंस्थामा आबद्ध रही बेलायतमा रहेका नेपालीहरु मध्ये लोकप्रियको सुचीमा समेत समावेश भइसकेका फगामी पुर्व अध्यक्ष गैर आवासीय नेपाली संघ (एनआरएनए) युके, पुर्व अध्यक्ष म्याग्दी प्रवासी नेपाली संघ (मोना) युके, पूर्व अध्यक्ष वेगखोला कल्याणकारी समाज युके लगायत सामाजिक कार्यमा अतुलनीय योगदान पु¥याउनु भएको छ ।गलेश्वर जेष्ठ नगारिक आश्रमले म्याग्दीका साथै देशका विभिन्न जिल्लाबाट आएका ४१ ज्येष्ठ नागरिकको रेखदेख गर्दैआएको छ ।

धनिलाल गर्बुजा

Leave a Comment