---Advertisement---

असल अभ्यासमा बेनी सामुदायिक ८ औं उत्कृष्ट विद्यालय घोषित

On: October 4, 2025 3:08 PM
Follow Us:

म्याग्दीको बेनी नगरपालिका वडा नं ७ सदरमुकाम बेनीमा अवस्थित बेनी सामुदायिक माध्यमिक विद्यालय असल अभ्यासमा देशभरका उत्कृष्ट ८ औं र गण्डकीमा दोस्रो भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले २०८० सालमा गरेको स्थलगत अनुगमन सहितको मापदण्डमा बेनी सामुदायिक देशभरका २५ बिधालयमा ८८ अंक सहित उत्कृष्ट ८ भित्र परेको विद्यालयका प्रधानाध्यापक दिपक श्रेष्ठले बताउनुभयो । ‘यो नजिताबाट उत्साहिन छौं, अझै राम्रो अभ्यासमार्फत विद्यालयलाई थप उचाईमा पुर्याउछौ’ प्रअ श्रेष्ठले भन्नुभयो ।


केन्द्रल गरेको स्थलगत अनुगमन गरी निर्धारित सूचक अनुसार मुल्याङ्कन नमुना अभ्यास, कक्षा १२ सम्मको नतिजा, कार्यसम्पादन, विद्यार्थी संख्या,भौतिक पूर्वाधार, असल अभ्यास सहित सिकाई आदानप्रदान लगायतका विभिन्न सूचकहरु रहेका थिए । सल अभ्यासहरूको संकलन, प्रकाशन, प्रोत्साहनका लागि विद्यालयको स्तर मापन गर्ने गरिन्छ ।

विद्यालय उत्कृष्टभित्र पर्नुमा विद्यालय ब्यवस्थापन समिति, शिक्षक अभिभावक, विद्यार्थीको साथै विद्यालयका सरोकारवाला निकायको समेत योगदान रहेको प्रअ श्रेष्ठको भनाई छ ।२०११ सालबाट अस्थाई रुपमा सञ्चालन भएको विद्यालयले २०३३ सालमा सरकारबाट मान्यता प्राप्त गरेको थियो ।


२०६३ साल देखी माध्यामिक तहको परीक्षामा सहभागी विद्यालयले हरेक बर्ष सामुदायिक विद्यालयमा उत्कृष्ट नतिजा ल्याउने गरेको छ । बि.स २०७० सालमा नेपालकै सर्वोत्कृष्ट विद्यालयको सम्मान प्राप्त गरेको विद्यालयमा हालसम्म देशभरका १ सय ८७ विद्यालयले सामुहिक तथा ६ सय ८२ विद्यालयका प्रअहरूले समेत भ्रमण गरेका छन् भने विद्यालयले अन्य विभिन्न राष्ट्रि«यस्तर तथा जिल्लामा समेत पुरस्कार पाइरहेको छ ।

Leave a Comment