---Advertisement---

मोना दक्षिण कोरियाको अध्यक्षमा दिनेश कार्की

On: October 6, 2025 9:32 PM
Follow Us:

म्याग्दी प्रवासी नेपाली संघ मोना दक्षिण कोरियाको १५औं अधिवेशनबाट बेनी नगरपालिका–५, डडुवाका दिनेश कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । आईतवार सम्पन्न भएको अधिवेशनबाट बरिष्ठ उपाध्यक्ष गणेश बोगटी,उपाध्यक्ष राहुल छन्त्याल,महासचिव प्रेम भण्डारी,सचिव अंकित पुन मगर,कोषाध्यक्ष भगवान कार्की रहनुभएको छ ।

त्यसैगरी सदस्यहरुमा राजेन्द्र शाही, आर्यन खड्का, प्रदिप बानियाँ,अर्जुन भण्डारी, कबिता पुन,गंगा पुन, चन्दा घर्ति मगर, मनु पुर्जा र रमेश कार्की सर्वसम्मत चयन भएको महासचिव भण्डारीले जानकारी दिनुभयो ।


अधिवेशनको उद्घाटन गदैं संस्थाका संरक्षक विनोद कुँवरले कोरियामा मोनामार्फत कोरियामा समस्यामा परेका म्याग्देलीको उद्धार तथा सहयोग जुटाउने, खेलकुद सहित विभिन्न रचनात्मक कार्यहरु भएको बताउँदै विदेशमा सिकेको सीप र पूँजीलाई स्वदेशमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

सोही अवसरमा विशिष्ट अतिथि खाङ्स विश्वविद्यालयका अन्तराष्ट्रिय अध्ययन विभाग प्रमुख प्रा.डा.बोजिन्द्र तुलाचनलले कोरियामा रहेका म्याग्देलीको साझा संस्थाको रुपमा स्थापित भएको मोनाले सबै म्याग्देलीलाई समेट्नुपर्ने बताउनुभयो ।


अधिवेशनको अवसरमा गण्डकी प्रदेश समितीका अध्यक्ष निर कुमार गुरुङ सहित कोरियामा रहेका क्रियाशिल सम्पुर्ण संघसस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । अधिवेशनमा अध्यक्षता दुर्गा भण्डारी, स्वागत उपाध्यक्ष गणेश बोगटी,सल्लाहकार सुमन पौडेल, तुल घर्तीमगर र सञ्चालन महासचिव दिनेश कार्कीले गर्नुभएको थियो ।

निर्वतमान अध्यक्ष भण्डारीले आफ्नो कार्यकाललाई आर्थिक, भौतिक र नैतिक रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो भने नवनिर्वाचित अध्यक्ष कार्कीले कोरियामा रहेका सबै म्याग्देलीलाई मोनाको सदस्यता लिन अनुरोध गदैं सबैलाई मिलएर काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

Leave a Comment