---Advertisement---

जापानमा चक्कु प्रहारबाट एक म्याग्देलीको मृत्यु, प्रेमिका प्रहरी नियन्त्रणमा

By हरिकृष्ण गौतम
On: October 6, 2025 9:44 PM
Follow Us:

जापानको चिवा प्रिफेक्चरस्थित नराशिनो सिटीमा चक्कु प्रहारबाट एक म्याग्देली युवकको मृत्यु भएको छ । म्याग्दीको सदमुकाम बेनी हाल पोखरामा बस्ने बादल छन्त्यालको जापानिज यूवतीसँगको प्रेम सम्बन्धमा रहेको र होटलमा मृत भेटिएपछि प्रेमिकालाई प्रहरीले नियन्त्रणमा लिएको मोना जापानका अध्यक्ष गणेश श्रेष्ठले बताउनुभयो ।

‘घटनाको अनुसन्धान भइरहेको छ,मृतकलाई न्याय दिने गरी हामीले सम्बन्धिन निकायसँग समेतसमन्वय गर्नेछौ’अध्यक्ष श्रेष्ठले भन्नुभयो। मृतक छन्त्यालसँग प्रेम सम्बन्धमा रहेकी प्रेमिकासँगै होटलमा रहेको अवस्थामा प्रेमिकासँग खटपट भएको बताइएको छ । मृतक र प्रेमिका बिच करिब एक बर्षदेखि प्रेम सम्बन्धमा रहेको बताइएको छ ।


मृतकको शरीरमा चोट देखिएको छ । अन्तिम पटक भेट गर्नका लागि छन्त्याल आफ्नी प्रेमिकासँग नियमित जाने होटलमा पुगेका थिए। प्रहरीले दिएको विवरणअनुसार आइतवार बिहान करिब ३ बजेसम्म छन्त्याल आफ्ना साथीहरूसँग सम्पर्कमा थिए। तर बेलुका करिब ५ बजे दाजु तेजेन छन्त्यालले भाइको मृत अवस्थाको खबर पाएपछि घटना सार्वजनिक भएको थियो ।

जापानिज प्रहरीले छन्त्यालको शरीरमा दुई वा बढी पटक चक्कु प्रहार गरिएको पुष्टि गरेको छ । पोष्टमार्टमपछि शब जिम्मा लगाएर थप कानुनी प्रक्रिया अगाडी बढाउन मोनाले नेपाली संघसंस्थामार्फत समेत समन्वय गर्ने जनाइएको छ । मोना जापानको बैठकमार्फत शब घर पठाउन आवश्यक कानुनी प्रक्रिया सहित थप निर्णय गर्ने जनाइएको छ ।

हरिकृष्ण गौतम

Leave a Comment