इशोय हीरोज डेनमार्कद्वारा आयोजित पुरुष भलिबल प्रतियोगिताको उपाधी मोना डेनर्माकले जितेको छ । डेनमार्कमा रहेका नेपाली संघसंस्था विचको सहकार्य तथा खेल क्षेत्रको प्रर्बधनका लागि आयोजित प्रतियोगितामा मोनाले नेपाल भलिबल एसोसिएसनलाई २ का बिरुद्ध ३ सेट प्रहार गदैं उपाधी आफ्नो पोल्टामा पारेको हो । प्रतियोगितामा विजेता र उपविजेताले क्रमश ५ हजार, ३ हजार डेनिश क्रोन,ट्र«फि, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए ।

फाइनल खेल निकै प्रतिस्पर्धात्मक भएकोमा मोनाको खेलाडीको तालमेल, रणनीतिले काम गरेका मोना डेनमार्कका खेलकुद संयोजक निशान भण्डारीले बताउनुभयो । प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो ।

खेलमा मोनाका स्पाइकर बिशाल भण्डारीले उत्कृष्ट प्रदर्शन गर्दै सर्वश्रेष्ठ खेलाडी घोषित हुनुभएको छ । मोना डेनमार्कका अध्यक्ष राजन थापाले सम्पूर्ण खेलाडी, प्रशिक्षक र समर्थकहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गदैं आगामी दिनमा समेत खेलकुद क्षेत्रलाई प्राथमिकता दिने बताउनुभयो । मोना डेनमार्कले भलिबलमा आफ्नो उत्कृष्ट प्रर्दशन गर्ने गरेको छ ।
