महारानी यातायात प्रालिले साढे तीन करोडको लगानीमा बेनी–काठमाडौंका लागि सुविधा सम्पन्न बस सेवा संचालन गरेको छ । म्याग्दी र काडमाण्डौबाट सोमबारदेखि नियमित बेनी र काठमाण्डौ रात्रीकालिन सेवा दिइएको प्रालिका सञ्चालक सुमन श्रेष्ठले बताउनुभयो ।
कालिपुल बसपार्कबाट बेनीबाट काठमाण्डौका लाागि हरेक दिन सााझ ६ः१५ बजे र काठमाण्डौबाट ७ बजे बेनीका लागि बस छुट्ने बसभित्र लक जरी बसमा सोफा सिटहरू, एयर सस्पेन्शन, चार्ज पोर्ट, थ्रिडी ध्वनि प्रणाली, टेलिभिजन झ्यालबाट बाहिरको दृश्य सहजै देख्न सकिने, सिसी टिभी, वाईफाई लगायतको सुविधा रहेको छ ।
प्रालिका सञ्चालक सुमन श्रेष्ठ, देबेन्द्र पौडेल, यज्ञराज थापा, चन्द्र बहादुर क्षत्री अर्जुन, देबेन्द्र केसी रहेका छन् ।प्रालिले थप बसमार्फत बेनी पोखरा लगायतका रुटमा समेत सेवा विस्तार गर्ने जनाएको छ । आधुनिक र सुविधासम्पन्न बस सेवामार्फत यात्रुको मन जित्ने बताउँदै यात्रुको सुझाव अनुसार सेवालाई विस्तार गर्ने जनाए । बसमा प्रति यात्रुको भाडा दर १५ सय रहेको छ । म्याग्दीबाट यसअगाडी कोरला, जलजला, गोर्खा लगायतका बस सेवा सञ्चालनमा रहेका छन् ।