म्याग्दीको सदरमुकाम बेनीबजारस्थित बेनी नगरपालिका–७ बिरेन्द्रचोकमा रहेको मितेरी लोकल मार्टमा दैनिक उच्च हिमाली क्षेत्रमा पाइने अर्गानिक उत्पादन आउँछ । भिर मह निकाल्दा वित्तिकै प्रशोधन गरी ग्राहकलाई बिक्री गर्नुहुने कमलकुमारी पुनलाई अहिले स्वदेश तथा विदेशमा बिक्री गर्न भ्याइनभ्याई छ ।
मितेरी लोकल मार्टमाम्याग्दी र मुस्ताङ जिल्लामा उत्पादन हुने सयथरी अर्गानिक उत्पादन पाइन्छ । करिब डेढ देखि हिमाली भेगका अर्गानिक उत्पादनको बिक्री वितरणमा सक्रिय कमलकुमारीको अर्गानिक पसलबाट बिक्री हुने क्षेत्र फराकिलो मात्रै बनेको छैन जिल्ला घुम्न आउनेहरुले समेत म्याग्दीको उत्पादन भन्दै कोशेली लैजाने गरेका छन् ।
जिल्लास्थित सरकारी कार्यालयको भ्रमणमा आउनेदेखि घुम्न आउने पर्यटकले रोजेर लैजाने म्याग्दीका अर्गानिक सबै उत्पादन मितेरी लोकल मार्टमा पाइन्छ । अर्गानिक उत्पादन सङ्कलन, प्रशोधन, प्याकेजिङ गरी बिक्री गर्ने गरिएको छ ।
मितेरी लोकल मार्टबाट म्याग्दी तथा देशका विभिन्न मार्ट, डिपाटमेन्टल स्टोरमा समेत लगेर बिक्री गर्ने गरिएको छ । सस्तो र गुणस्तरीय भएकाले ग्राहकसँगै ब्यापारीको समेत रोजाईमा पर्ने गरेको छ । लोकल मार्टबाट अर्गानिक बस्तु जापान, दक्षिण कोरिया, हङकङ,यूरोप, अमेरिका लगायतका देशमा कोशेलीको रुपमा पुग्छ ।
स्वदेशी बजारमा समेत अर्डरको भ्याइनभ्याई छ ।पसलमा हिमाली क्षेत्रमा पाइने भटमास, भाँगो, मह, घ्यु, फापरको पिठो, गहत,मकै, च्याउ, पिठो (फापर,जौ, मकै र कोदोको), चामल, सिस्नुको धुलो, ढकायो, टिम्मुर लगायत करिब सय थरिका सामान रहेको सञ्चालित कमलकुमारीले बतायनुभयो ।म्याग्दी जिल्लाको अर्गानिक उत्पादनलाई ग्राहकले रुचाउने गरेको कमलकुमारीले बताउनुभयो । अहिले बेनी नगरपालिकाको भकिम्लीमा उत्पादन गरिएको डल्ले खुर्सानी समेत मार्टमा रहेको छ । चाडपर्वमा म्याग्दी मुस्ताङ घुम्न आउने तथा विदेशबाट घर विदामा आएकाहरुले अर्गानिक सामान लैजाने गरेका छन् ।
किसानको खेतबारीबाट खरिद गरी लोकल मार्टमा ल्याएर अर्गानिक सामानलाई केलाउन, सुकाउन, प्याकेजिङ गर्न र बेच्नमा कर्मचारी समेत राखिएको छ । एकपटक अर्गानिक सामान प्रयोग गरेकाले पटकपटक अर्डर गर्ने गरेका छन् । म्याग्दीको सदरमुकाम बेनीबजारमा दर्जनको हाराहारीमा अर्गानिक सामान बेच्ने पसल छन् ।
थप जानकारीका लागि
कमलकुमारी पुन ९८४७६१०७२२