जापानको चिवा प्रान्त फुनाबासी शहरमा बस्ने म्याग्दी जिल्ला धवलागिरी गाउपालिका–५ स्थायी घर भई पोखराको हेम्जामा बस्ने बादल छन्त्यालको शब नेपाल पठाउन मोना जापानले आर्थिक संकलन अभियान सुरू गरेको छ ।
आफ्नै प्रेमिकाको छुरा प्रहारबाट ज्यान गुमाएका छन्त्यालका परिवारले नेपालमै अन्त्येष्टी गर्ने इच्छा जनाएपछि कानुनी प्रक्रिया सहित शब नेपाल पठाउन आवश्यक पर्ने आर्थिक जुटाउन गणेश छन्त्यालको संयोजकत्वमा सहयोग जुटाउन सुरू गरिएको मोना जापानका बरिष्ठ उपाध्यक्ष टिका छन्त्यालले बताउनुभयो ।
‘नेपालमा शब पठाउन परिवारको आर्थिक स्रोतले मात्रै सम्भव नभएपछि सहयोग जुटाउन थालेका छौ, सबैको साथले छिटैं शब नेपाल पठाउने प्रयासमा छौ’ बरिष्ठ उपाध्यक्ष छन्त्यालले भन्नुभयो । जापानबाट मृतकको शब नेपाल पठाउन लाग्ने खर्च जुटाएर बाँकी भएमा परिवारलाई हस्तान्तरण गरिने छ । २१ वर्षका छन्त्यालको शरीमा चोटकै आधारमा प्रेमिकालाई जापानीज प्रहरीले नियन्त्रणमा लिएको छ ।
जापानी युवती र छन्त्यालबीच विगत एक वर्षदेखि प्रेम सम्बन्ध रहेको थियो । प्रेममा खटपट भएपछि अन्तिम भेटभन्दै नियमित जाने होटलमा आइतबार पुगेका थिए । उक्त होटलमा उनीहरुले हरेक आइतबार भेट्ने गरेको समेत बताइएको छ । मोना जापानका अध्यक्ष गणेश श्रेष्ठले शब स्वदेश पठाउने र कानुनी प्रक्रियालाई सँगै लैजाने बताउनुभयो ।
‘हामीले न्यायका लागि आवश्यक पहल सुरु गरेका छौ, जापानमा रहेका सबै नेपाली संघसंस्थाबाट सहयोगको अपिल गरेका छौ’ अध्यक्ष श्रेष्ठले भन्नुभयो । मृतक छन्त्यालका जापानमा रहेका आफन्तले हत्या गरिएको देशमा अन्त्येष्टी गर्न उचित नभएकाले शब फिर्ती प्रक्रियालाई छिटो अगाडी बढाउन अनुरोध गरेका छन् ।
छन्त्यालको शवको पोस्टमार्टम यही असोज २३ गते (अक्टोबर ८ तारिख) गरिने बताइएको छ। घटनाको विस्तृत अनुसन्धान जारी रहेको जापानी प्रहरीले जनाएको छ । प्रारम्भीक अनुसन्धानमा छन्त्यालको शरीरमा दुई वा बढी पटक चक्कु प्रहार गरिएको पुष्टि गरेको छ। प्रहरीले दिएको प्रारम्भीक विवरणअनुसार आइतवार बिहान करिब ३ बजेसम्म छन्त्याल आफ्ना साथीहरूसँग सम्पर्कमा थिए। तर बेलुका करिब ५ बजे उनका दाजु तेजेन छन्त्यालले भाइको मृत अवस्थाको खबर पाएका थिए।
खाताको विवरण
खाता को नाम:- モーナジャパンクミアイ
खाता नं. :-१०१२०-८७७४४०५१
店番 :- ०१८
बैङ्क :- JP BANK
थप जानकारीको लागी
अभियान संयोजक:- गणेश छन्त्याल
०८०-९१०१-८९०५