---Advertisement---

म्याग्दी कारागारमा भागेका ५ जना अझै फरार

On: October 8, 2025 9:29 AM
Follow Us:

जेन–जी समूहको आन्दोलनको मौका छोपी जिल्ला कारागार कार्यालय म्याग्दीबाट फरार भएका ७१ जना कैदीबन्दी कारागार फर्किएपनि पाँचजना अझै फरार रहेका छन् । आन्दोलनको समयमा कारागारबाट ७६ कैदीबन्दी फरार भएकोमा ४० जना कैदीबन्दीका परिवार र आफन्तको सहयोगमा फर्किएको र ३१ जनालाई विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर पौडेलले बताउनुभयो ।


नेपाल सरकारले असोज २० गतेसम्म फर्किन अनुरोध गरेकाहरुलाई अब थप खोजीकार्य गरिने प्रहरी निरीक्षक पौडेलको भनाई छ । हाल फरार भएका कर्तब्य ज्यान, लागुऔषधका कारोबारमा संलग्न सहित ५ जनाको खोजीकार्य भइरहेको छ । फरारमध्ये एकजना भारतीय समेत छन् । स्वेच्छाले फर्किएका कैदीबन्दीलाई तोकिएको सजाय बाहेक अतिरिक्त सजाय कारागार ऐन २०७९ अनुसार अतिरिक्त ५ बर्ष जेल र ५० हजार जरिवना वा दुबै सजाय हुने छ ।

Leave a Comment