---Advertisement---

कोटगाउँ चिनाउने म्यूजिक भिडियो सार्वजनिक

By हरिकृष्ण गौतम
On: October 8, 2025 7:51 PM
Follow Us:

मगर समुदायको पुख्र्यौली थलो म्याग्दीको रघुगङ्गा गाउँपालिका–६,कोटगाउँको प्रचार–प्रसार गर्ने उदेश्यले ‘हाम्रो प्यारो गाउँ हाम्रो गाउँ कोटगाउँ’को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

ऐतिहासिक र प्राकृतिक दृष्टिकोणले महत्वपूर्ण हुँदाहुँदै पनि ओझेलमा परेको कोटगाउँलाई संसारभरी चिनाउन स्वदेश तथा विदेशमा रहेका कोटगाउँबासीको लगानीमा निर्मित म्यूजिक भिडियो तयार भएको हो ।

रघुगङ्गा गाउपालिकाको उपाध्यक्ष प्रेम कुमारी पुन र कलाकार प्रकाश सपुतले संयुक्त रुपमा विमोचन गरेको म्यूजिक भिडियोमा गायिका एजुदा थापाको स्वरमा सजिएको म्यूजिक भिडियोमा मुख्य कलाकारको भूमिकामा लिया पुनको रहेको छ । गीतमा गितकार बिना पुन, मनकुमार शेरपुञ्जा मगर, रोशन विश्वकर्माको नृत्य निर्देशन रहेको छ ।

म्यूजिक भिडियोमा कोटगाउँको रितिरिवाज,परम्परा, संस्कार, संस्कृति, पर्यटन, धार्मिक सम्पदा सहितका विषय बस्तुमा केन्द्रित रहेको छ । म्यूजिक भिडियोमा विभिन्न म्यूजिक भिडियोमा अभियन तथा रियालटी शो का विजेताहरुलाई समेत समावेश गरिएको छ ।

म्यूजिक भिडियोका गितकार बिना पुनले कोटगाउँलाई चिनाउने प्रयास गरिएकाले सल्लाह, सुझाव दिन अनुरोध गर्नुभयो । म्यूजिक भिडियोमा गीतसँगै बैदेशिक रोजगारीका साथै स्थानीयस्तरमा रहेका सम्भावनाहरु सहित धार्मिक, पर्यटकीय गन्तब्य, रहनसहन र आसपासका बस्तीहरुलाई समेत देखाइएको छ ।

कोटगाउँ शेरपुंजा,पाइजा तथा दलित समुदायको बसोबास रहेको छ । कोटगाउँलाई मगरहरुको गर्बिलो इतिहास लुकेको गाउँको रुपमा समेत चिनिन्छ । ४ सय वर्ष पहिले सेवा र सुन्दर नाम गरेका दुई भाइबाट शेरपुंजा र पाइजाको वंशबाट फैलिएको स्थानीय बुढापाकाको भनाई छ ।

हरिकृष्ण गौतम

Leave a Comment