अष्ट्रेलियाको सिड्नीमा रहेको प्रतिष्ठित फुटबल क्लब बेनी एफसीले स्थापनाको १० बर्ष पुगेको उपलक्ष्यमा एन एस डब्लुकै सर्वाधिक धनराशीको फुटबल प्रतियोगिताको आयोजना गरेको छ ।
रे कर्पोरेट ग्रुपको मुख्य प्रायोजनमा हुने खुल्ला उमेर समुह र ३५ बर्षभन्दा माथिको भेट्रान, ९ बर्ष उमेरभन्दा कमका बाल फुटबल सहित सांस्कृतिक सहित विविध कार्यक्रमहरूको आयोजना गरिएको छ ।
म्याग्दीबाट अष्टेलियामा गएका फुटबल खेलाडीहरूले सन् २०१५ मा स्थापना भएको क्लवले आयोजना गरेको प्रतियोगितामा खुला उमेर समूहमा, दुई घरेलु टोली र तीन अन्तरराज्यीय टोली सहित १६ टोली र भेट्रान समूहमा ८ टोलीले सहभागिता जनाएको प्रतियोगिता संयोजक दिनेश खत्रीले बेनीअनलाइनलाई बताउनुभयो।

‘अहिलेसम्मकै सर्वाधिक धनराशीको पुरस्कार हो, तयारी अन्तिम चरणमा पुगेको छ’ संयोजक खत्रीले भन्नुभयो । प्रतियोगितामा खुल्लातर्फको बिजेतालाई १० हजार डलर, उपविजेताले ४५ सय डलर, ट्रफी, मेडल र प्रमाणपत्र तथा भेट्रान विजेतालाई ४ हजार, उपबिजेतालाई १५ सय डलर, ट्र«फी, मेडल र प्रमाणपत्र वितरण गरिने छ ।

त्यसैगरी उत्कृष्ट खेलाडी,सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षकलाई १५ सय डलर र ट्र«फी प्रदान गरिने छ । आगामी अक्टोबर ११ र १२ गते मार्कोनी रोड, बोस्ली पार्कमा हुने प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई अन्य विभिन्न विधाका पुरस्कारबाट समेत क्लबका उपाध्यक्ष हरि गिरीले जानकारी दिनुभयो ।

प्रतियोगिताको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बेनी एफसीका अध्यक्ष सुजन तुलाचनले प्रतियोगितालाई सफल बनाउन आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने सबैलाई धन्यवाद दिदैं यसपटक प्राप्त साथ र सहयोगले आगामी दिनका लागि समेत उर्जा थपिएको बताउनुभयो ।

प्रतियोगिताको अवसरमा एसोसिएट पार्टनरको प्रतिनिधित्व गर्दै, एभरेस्ट ग्लोबल एजुकेशन÷भिसा निर्देशक सुमन बानियाँले नेपालबाट फुटबल, भलिबल सहितका खेल विधाका खेलाडीको प्रवेशसँगै खेलले समेत निरन्तरता पाएको बताउनुभयो । कार्यक्रममा बेनी एफसीका संस्थापक अध्यक्ष रोशन खत्री,फुटबलर विजय राउत, एन्फा नेपालका पूर्व कोषाध्यक्ष तथा अष्ट्रेलियाली नेपाली पत्रकार संघ (एएनजेए) का सल्लाहकार डा. राजु मानन्धर लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि र खेलाडीको उपस्थिती रहेको थियो ।

प्रतियोगितामा नेपालका पूर्व नेपाल राष्ट्रिय खेलाडीहरू समेत मैदानमा उत्रिने प्रतियोगितामा सर्वाधिक दर्शक आउने अपेक्षा गरिएको बेनी एफसीका महासचिव प्रदीप अधिकारीले बताउनुभयो । प्रतियोगितामा कुल ८० हजार डलर खर्च हुने अनुमान गरिएको छ ।