---Advertisement---

म्याग्दीमा विविध कार्यक्रमसहित १५१औं विश्व हुलाक दिवस मनाइयो, सञ्चारकर्मीसहित १२ जनालाई सम्मान जिल्ला हुलाक

On: October 9, 2025 11:01 PM
Follow Us:

कार्यालय म्याग्दीको आयोजनामा विविध कार्यक्रमसहित बिहीबार १५१औँ विश्व हुलाक दिवस मनाइएको छ । जिल्ला हुलाक कार्यालय म्याग्दीले दिवसका अवसरमा अन्तर कर्मचारी हाजिरीजवाफ र वक्तृत्वकला प्रतियोगितासहित विभिन्न क्षेत्रमा योगदान पु¥याएका सञ्चारकर्मी र कर्मचारीलाई सम्मान गरेर दिवस मनाएको हो ।

जिल्ला हुलाक कार्यालयमा आयोजित कार्यक्रमको अवसरमा म्यादीकाली सञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित म्याग्दीकाली एफ.एम. ८८ दशमलव २ मेघाहर्जका स्टेशन म्यानेजर राकेश शर्मालाई सम्मान गरिएको छ । एमएफ रेडियोमार्फत हुलाक सेवाका गतिविधि, नयाँ सेवा विस्तार तथा महत्वपूर्ण सूचनाहरुको निरन्तर प्रसारण तथा प्रचारप्रसारमा उल्लेखनीय योगदान पु¥याएको भन्दै शर्मालाई नगदसहित सम्मान गरिएको थियो ।

यसैगरी कार्यालयमा लामो समय सेवा प्रदान गरी हालै सेवानिवृत्त कर्मचारीहरुतर्फ हुलाक कार्यालय अन्नपूर्ण गाउँपालिकामा कार्यरत हल्कारा किशर तिलिजा, अतिरिक्त हुलाक कार्यालय कुईनेमङ्गलेका हल्कारा नरमान छन्त्याल, रुमका हल्कारा डिलबहादुर पुन र अतिरिक्त हुलाक कार्यालय दोवाका कार्यालय सहयोगी चबहादुर चोचाङ्गीलाई सम्मानपत्रसहित नगदले पुरस्कृत गरिएको जिल्ला हुलाक कार्यालय म्याग्दीले जनाएको छ ।

त्यस्तै उत्कृष्ट कर्मचारीहरुतर्फ जिल्ला हुलाक कार्यालय म्याग्दीका खरिदार मिनबहादुर बरुवाल र मालिका गाउँपालिका हुलाक कार्यालयका खरिदार ताराप्रसाद छन्त्याललाई नगदसहित प्रमाणपत्रले पुरस्कृत गरिएको छ । हुलाक कार्यालय अन्नपूर्णका हल्कारा विनोद पुन, जिल्ला हुलाक कार्यालयका हल्काराद्वय रमेश शर्मा, यज्ञबहादुर खत्री, कार्यालय सहयोगी तुलबहादुर खत्री र अतिरिक्त हुलाक कार्यालय रुमका वितरक धनमाया पुनलाई पनि सम्मान गरिएको जिल्ला हुलाक कार्यालय म्याग्दीका प्रमुख रमेश थापाले जानकारी दिनुभयो । उत्कृष्ट कर्मचारी तथा सञ्चारकर्मीलाई म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारी, हुलाक कार्यालय प्रमुख थापा र नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले पुरस्कार प्रदान गर्नुभएको थियो ।

पुरस्कार प्रदान गर्दै प्रजिअ तिवारीले ऐतिहासिक महत्व बोकेको हुलाकका सेवालाई समयसापेक्ष प्रविधिमैत्री बनाएर लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले हुलाकमार्फत राष्ट्र र नागरिकको बीचमा जोड्ने ‘सेतु’को काम भैरहेको बताउँदै जिल्ला हुलाक कार्यालयले बनाउने आईसिटी पार्क निर्माणमा स्थानीय प्रशासनको तर्फदेखि आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो ।

सोही कार्यक्रममा पत्रकार महासंघका जिल्ला अध्यक्ष गौतमले हुलाक सेवाले गरेको द्रुत विकासले सूचना सम्प्रेषणको विकासमा ठूलो सहयोग पुगेको बताउँदै हुलाकको सेवालाई प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो । जिल्ला हुलाक कार्यालय प्रमुख थापाले हुलाकले गएको आर्थिक वर्षमा कार्यसम्पादन गरेको प्रगतिसहित चालु आवमा सञ्चालन गर्ने कार्यक्रमहरुको बारेमा सहजीकरण गर्दै हुलाकको सेवालाई विविधिकरण गरी समयसापेक्ष बनाएर अगाडि बढाइने बताउनुभयो ।

यसैबीच दिवसको अवसरमा आयोजित अन्तर कर्मचारी हाजिरीजवाफ प्रतियोगितामा रघुगंगाबाट सहभागी रुपा शर्मा, सकुन्तला शाक्य, शोभा सुवेदी र अनुषा खत्री प्रथम, बेनी नगरपालिकाका सम्झना भण्डारी बानियाँ, सुनिता क्षेष्ठ, विन्दु चोखाल र सवनम खत्री द्वितीय, मालिका गाउँपालिकाबाट ताराप्रसाद छन्त्याल, पूर्णकुमारी सुवेदी, यज्ञबहादुर क्षेष्ठ र धनदेवी बानियाँ तृतीय भएकोमा विजेतालाई नगदसहित पुरस्कार वितरण गरिएको थियो । वक्तृत्वकला प्रतियोगितामा सिर्जना खड्का प्रथम, पूर्णकुमारी सुवेदी द्वितीय र सुनिता श्रेष्ठले तृतीय स्थान हासिल गर्नुभएको थियो । जिल्ला हुलाक कार्यालयका खरिदार मिनबहादुर बरुवालको सञ्चालनमा सम्पन्न कार्यक्रममा नायब सुब्बा कलादेवी शर्माले स्वागत गर्नुभएको थियो ।

Leave a Comment