---Advertisement---

बेगखोलामा थुपारिएको साढे १७ लाखको नदीजन्य पदार्थ जफत गरिने

On: October 10, 2025 9:09 PM
Follow Us:

म्याग्दीको रघुगंगा गाउँपालिका–१, बेगखोलामा रहेको क्रसर उद्योगले उत्खनन गरी थुपारेको नदीजन्य पदार्थलाई जफत गरिने भएको छ । बेगखोलामा अवैध नियमविपरीत संकलन गरिएको नदीजन्य पदार्थ लुकिछिपी बेगखोला नदीबाटै निकालिएको अनुगमन टोलीले स्थलगत रुपमा गरिएको प्रारम्भीक नापजाँचबाट देखिएकाले रघुगंगा गाउँपालिकालाई जफत गरी कारबाहीका लागि पठाइएको हो ।

गएको असोज ६ गते प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीको संयोजकत्वमा भएको अनुगमनमा जिल्ला समन्वय समितिकी कार्यबाहक प्रमुख दिलकुमारी खत्री, रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, प्रहरी नायव उपरीक्षक सुर्यबहादुर थापा सहितको टोलीले गरेको स्थलगत अनुगमनपछि प्राविधिक टोलीले बेगखोलामा दोहन गरेर संकलन गरिएको १७ लाख ५३ हजार ५० रुपैयाँ बराबारको नदीजन्य जफत गर्नुपर्ने प्रतिवेदन दिएको जिसस कार्यबाहक प्रमुख खत्रीले बताउनुभयो ।


‘प्रतिवेदन अनुसार जफत जफत गरेर राजस्व संकलनका लागि गाउँपालिकामा पत्र पठाइएको छ, बगरबाट अवैध रूपमा उत्खननलाई समेत रोक्न निर्देशन दिइएको छ’जिसस कार्यबाहक प्रमुख खत्रीले भन्नुभयो ।

रघुगंगा गाउँपालिकाका प्राविधिकको टोलीले असोज २२ गते बेगखोलामा दोहन भएको प्रतिवेदन जिल्ला समन्वय समितिमा पेश गरेपछि जफत गर्न जिससले गाउँपालिकालाई पत्रतार गरेको हो । अनुगनमनमा प्रजिअ तिवारीले नदीजन्य पदार्थको गैरकानुनी उत्खनन् गरिएको अवस्थामा प्रशासनलाई जानकारी गराउन अनुरोध गर्नुभएको छ ।

‘निश्चित समयका लागि राखिएका क्रसरले सधै उत्खनन् गर्न पाउँदैनन्,नदीजन्य पदार्थ उत्खननमा सधै निगरानी हुन्छ’ प्रजिअ तिवारीले भन्नुभयो । म्याग्दी र कालिगण्डकी नदीमा रहेका क्रसर उद्योगले राज्यलाई कर छली अवैध रूपमा उत्खनन गरेर थुपारेका बालुवाको अवैध भएमा परिणाम मूल्यांकन गरी लिलामी स्थानीय तहले गर्नुपर्छ । स्थानीय तहको समेत प्रयाप्त निगरानी नहुदाँ बर्षेनी लाखौं राजश्व स्थानीय तहले गुमाउने गरेका छन् ।

Leave a Comment