---Advertisement---

म्याग्दी कांग्रेसमा महाधिवेशनको पक्षमा १६ जना प्रतिनिधि खुले

On: October 11, 2025 7:56 PM
Follow Us:

जेन जी आन्दोलनपछि नेपाली कांग्रेसमा नियमित वा विशेष महाधिवेशनको माग चर्किएसँगै म्याग्दीमा १४ औं महाधिवेशनमा निर्वाचित भएका महाधिवेशन प्रतिनिधिहरु मध्ये २ तिहाइ महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनको माग गरेका छन् । नेपाली कांग्रेस म्याग्दीका पूर्व सभापति एवम् महाधिवेशन प्रतिनिधि रेशमबहादुर बानियाँका अनुसार २६ जना महाधिवेशन प्रतिनिधिमध्ये १६ जनाले विशेष महाधिवेशन गर्नु पर्ने मागमा समर्थन जनाएका छन् ।


१५ औं महाधिवेशनको संघारमा रहेको कांग्रेसले नियमित महाधिवेशन कि विशेष महाधिवेशन गर्नुपर्ने पूर्वसभापति बानियाँले बताउनुभयो । ‘आन्तरिक एकता बलियो बनाउन महाधिवेशनको विकल्प छैन, हामीले नियमित हुननसक्ने अवस्थामा विशेष महाधिवेशनको माग गरेका छौ’ महाधिवेशन प्रतिनिधि बानियाँले भन्नुभयो ।


जेन्जी आन्दोलनपछिको अवस्थामा एक वर्ष महाधिवेशनको मिति सार्ने कल्पना पनि गर्न नसकिने बानियाँको भनाई छ। म्याग्दीमा केन्द्रिय सभापति शेरबहादुर देउवाको पक्षकाले समेत पार्टीको तत्काल महधिवेशनबाट पार्टीलाई नयाँ उचाईमा पुर्याउनुपर्नेमा साथ दिएका छन् ।


नियमित नभए, विशेष महाधिवेशन बटमलाईन हो भन्ने सन्देश नेपाली कांग्रेसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले दिएपछि जिल्लास्तरबाट समेत दवाव सुरु भएको हो ।

जिल्लाबाट महाधिवेशनको पक्षमा हस्ताक्षर पठाएको पुष्टी गदै पूर्व जिल्ला सभापति बानियाँले कांग्रेसमा अब छिटो भन्दा छिटो नेतृत्व परिवर्तन गरेर जानु पर्छ भन्ने मत देशभर बलियो रहेको बताउनुभयो । संस्थापन र इतर पक्षभन्दा पनि पार्टीलाई बलियो बनाउन केन्द्रिय कार्यसमितिलाई दवाब दिएको जनाएका छन् ।

Leave a Comment