गत आइतबार बिहान चिवा फुनाबासीको एक होटलमा मृत अवस्थामा फेला परेका बादल छन्त्यालको पार्थिव शरीर आज प्रहरीले परिवारका सदस्यहरुको जिम्मा लगाएको छ ।म्याग्दी घर भई पोखरा बसोबास भएका २१ वर्षिय बादल छन्त्याल विद्यार्थीकारुपमा जापान आएका थिए । उनको गत आईतबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
उनको मृत्युको कारण हत्या हो भन्दै ठोकुवा गरेर सामाजिक सञ्जाल र अनलाइन पोर्टलहरुमा स्रोत नखुलाईएका समाचारहरु यत्रतत्र आइरहेको भएता पनि पोष्टमार्टमको रिपोर्ट आउन अझै समय लाग्ने भएकोले मृत्यूको कारण अझै खुल्न नसकेको प्रहरीलाई उद्धृत गर्दै जापानको नेपाली समुदायका एक अगुवा समेत रहेका परिवारका सदस्य जोन छन्त्यालले लाई बताए ।
पोष्टमार्टमको रिपोर्ट अझै आईनसकेकोले छन्त्यालको निधनको कारण अझै खुल्न नसकेको हो । घटनाका बेला उनीसंगै रहेका भनिएका उनका जापानी युवती साथीले घटनाको जानकारी स्थानीय प्रहरीलाई गराएको बुझिएको छ ।
प्रहरीले दिएको जानकारीअनुसार आइतबार बिहान करिब ३ बजेसम्म छन्त्याल आफ्ना साथीहरुसँग सम्पर्कमा थिए । तर, सोही दिन बेलुका करिब ५ बजेतिर मात्र उनका दाजु तेजेन छन्त्यालले भाइको मृत्युको खबर पाएका थिए । मृतक छन्त्यालका प्रेमिका भनिएका जापानी युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको बताईएको छ ।
बिहीबार उनको पोष्टमार्टमको रिपोर्ट आउने र रिपोर्टबाट हत्या हो या आत्महत्या भन्ने कुरोको निर्क्यौल हुन सक्ने अपेक्षा गरिएको थियो । तर अनुसन्धानको प्रक्रिया लम्बिने भएकोले पोष्टमार्टमको नतिजा आउन थप केही महिना पनि लाग्न सक्ने प्रहरी स्रोतले जनाएको बताईएको छ।
परिवारको अनुरोध अनुसार मृतक छन्त्यालको पार्थिव शरिर नेपाल पठाईने तैयारी भईरहेको बुझिएको छ । शव नेपाल पठाउन ठूलो धनराशी खर्च हुने भएकोले परिवारको अनुरोधलाई मनन् गर्दै जापान छन्त्याल समाज र म्याग्देलीहरुको संस्था मोना जापानले आर्थिक सहयोग जुटाउन सुरु गरिसकेको बताईएको छ । समुद्रपारि