---Advertisement---

जापानमा ज्यान गुमाएका बादल छन्त्यालको आइतबार श्रद्धाञ्जली सभा

On: October 11, 2025 10:05 PM
Follow Us:


एक साता अगाडी बिहान चिवा फुनाबासीको एक होटलमा मृत अवस्थामा फेला परेका बादल छन्त्यालको आइतबार श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ । जापानको चिवा प्रान्त फुनाबासी शहरमा बस्ने म्याग्दी जिल्ला धवलागिरी गाउपालिका–५ स्थायी घर भई पोखराको हेम्जामा बस्ने छन्त्यालको शब परिवारलाई जिम्मा लगाएपछि आइतबार दिउँसो २ बजे ग्रीन हल काननाना नोगाटा टोकियो–टो, नाकानो–कु यामातो–चो २–२–१७ मा ५ बजेसम्म श्रद्धाञ्जली सभामा राखिने छ ।

म्याग्दी प्रवासी नेपाली संघ मोना जापानले स्वर्गीय छन्त्यालको श्रद्धाञ्जली सभामा उपस्थितिका लागि अनुरोध गरेको छ । जापानमा अन्तिम विदाईसँगै शब नेपाल पठाउनका लागि समेत मोना जापानले आर्थिक संकलन अभियान समेत सञ्चालन गरेको मोना जापानका बरिष्ठ उपाध्यक्ष टिका छन्त्यालले बताउनुभयो ।


स्वर्गीय छन्त्यालको पार्थिव शरीर आज प्रहरीले परिवारका सदस्यहरुको जिम्मा लगाएपनि हालसम्म पोष्टमार्टमको रिपोर्ट आउन अझै समय लाग्ने भएकोले मृत्यूको कारण अझै खुल्न नसकेको अवस्थामा परिवारसँग समन्वय गरी थप अनुसन्धान प्रक्रियामा समेत निरन्तर सक्रिय रहेको मोना जापानका अध्यक्ष गणेश श्रेष्ठले बताउनुभयो । ‘हामीले एक म्याग्देली यूवालाई गुमाएका छौ, यहाँ अनुसन्धान प्रक्रियामै रहेकाले धेरै बोल्न मिल्दैन्, परिवारसँग नियमित सम्पर्कमा छौ’ अध्यक्ष श्रेष्ठले भन्नुभयो ।


पोष्टमार्टमको रिपोर्ट अझै आईनसकेकोले छन्त्यालको निधनको कारण अझै खुल्न नसकेको अवस्थामा स्वर्गीय छन्त्यालका जापानमा रहेका परिवारका सदस्यले समेत घटनाका बारेमा तथ्यसत्य नआउँदासम्म कानुनी प्रक्रियालाई नै असर गर्ने गरी सामाजिक सञ्जालमा नबोल्न अनुरोध गरेको मोना जापानले जनाएको छ ।

जापानीज प्रहरीले दिएको जानकारीअनुसार गत साताको आइतबार बिहान करिब ३ बजेसम्म छन्त्याल आफ्ना साथीहरुसँग सम्पर्कमा थिए । तर, सोही दिन बेलुका करिब ५ बजेतिर मात्र उनका दाजु तेजेन छन्त्यालले भाइको मृत्युको खबर पाएका थिए । मृतक छन्त्यालका प्रेमिका भनिएका जापानी युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अनुसन्धानको प्रक्रिया लम्बिने भएकोले पोष्टमार्टमको नतिजा आउन थप केही महिना पनि लाग्न सक्ने प्रहरी स्रोतले जनाएको बताईएको छ ।

Leave a Comment