---Advertisement---

पोखराबाट भागेका कैदी थाइबाङबाटा पक्राउ

On: October 14, 2025 8:23 AM
Follow Us:

‘जेनजी’ प्रर्दशनका क्रममा एक महिनाअघि कास्की कारागारबाट भागेका एक जना कैदीलाई प्रहरीले म्याग्दीमा पक्राउ गरेको छ । म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङ का ४७ वर्षीय हिराबहादुर बिकलाई सोमबार मङ्गला गाउँपालिका–१ थाइबाङबाट नियन्त्रणमा लिएको प्रहरी निरीक्षक सागर पौडेलले बताउनुभयो ।

कर्तब्य ज्यान मुद्दाका थुनुवा बिक गत भदौ २४ गते साँझ पोखरामा रहेको कास्की कारागारबाट भागेका थिए । विकलाई आवश्यक कानूनी कारबाहीको लागि कारागार कार्यालय म्याग्दीमा बुझाएको छ । म्याग्दी ठेगाना भएर देशका अन्य कारागारबाट भागेकाहरुको समेत प्रहरीले खोजीकार्य गरेको छ ।


यता म्याग्दी कारागारबाट भागेका ७६ मध्य ७२ जना कारागारमा फर्किएका छन् । जवरजस्ती करणी सम्बन्धी मुद्दाका बेनी नगरपालिका–५ का कमल परियार,धवलागिरी गाउँपालिका–४ का अमृत पूर्जा, पुथा उत्तरगंगा गाउँपालिका–९ पुर्वी रुकुमका अनिल बिक र लागू औषध मुद्दाका भारतको बिहारका अजितकुमार पासवान फरार छन् । कारागारबाट फरार भएकालाई आफैं आएमा थप ५ बर्ष र ५० हजार जरिवाना छुट रहेन कानुनी ब्यवस्था रहेको छ भने प्रहरीले पक्राउ गरेमा तोकिएको सजायमा थप सजाय र जरिवाना थपिने छ ।

Leave a Comment