म्याग्दी प्रवासी नेपाली संघ मोना बेल्जियमको ९ औ अधिबेशनबाट ज्ञान बहादुर रकालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । म्याग्दी जिल्ला बाट रोजगारको शिलसिलामा बेल्जियममा बसोबास गर्ने म्याग्देलीको साझा संस्था मोनाको निबर्तमान अध्यक्ष प्रदीप थापा “सुमन बरिष्ठ उपाध्यक्ष ज्ञानु बरुवाल,उपाध्यक्षद्धयमा कृष्ण सुनार,रामचन्द्र थापा मगर, महासचिव सुदिप सेर्पुन्जा,सचीव लिलाधर पौडेल, कोषाध्यक्ष अमीर शाही र सह कोषाध्यक्षमा किरण शाही रहेका छन् ।
कार्यसमितिको सदस्यमा भुवन आचार्य,कृष्ण चोखाल,देबि प्रसाद भण्डारी, फुलमति बिक बिसाल मल्ल,सज्जन हमाल,मोहन रोका र राजु रामदाम रहेका छन् । अधिवेशनको अध्यक्षता प्रदिप थापा सुमन, स्वागत ज्ञान बहादुर रकाल,कार्यक्रम सन्चालक रामचन्द्र थापा मगरले गर्नुभएकोमा मोना बेल्जियमका पुर्ब अध्यक्ष तथा मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिका सल्लाहकार योगेन्द्र श्रेष्ठ तथा अध्यक्ष प्रदिप थापाले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

अधिवेशनको अवसरमा पुर्ब अध्यक्ष योगेन्द्र बिक, पुर्ब अध्यक्ष रकेन्द्र घिमिरे,पुर्ब अध्यक्ष योगेन्द्र श्रेष्ठले मन्तब्य राख्नुभएको थियो । निर्वतमान महासचिव रामचन्द्र थापा मगरले प्रस्तुत गरेको साङ्गठनिक प्रतिबेदन, कोषाध्यक्ष बिनु थापा रोकाले प्रस्तुत गरेको आर्थिक प्रतिबेदनका साथैबिधान समितिका संयोजक अध्यक्ष योगेन्द्र बिकले छलफल का लागि प्रस्तुत गरेको पुरानो बिधानमा केही बुँदा थप गरी सर्बसम्मतिले पारित गरिएको थियो । निर्वतमान अध्यक्ष थापाले आफ्नो कार्यमकालमा सहयोग गर्नेलाई धन्यवाद र नयाँ अध्यक्षले आफ्नो कार्यकालमा सहयोगको अपेक्षा गरेको बताउनुभयो ।
