---Advertisement---

म्याग्दीमा देउसीभैलो राती ९ बजेसम्म मात्र, आफ्नो इच्छा अनुसार दान गर्न अनुरोध

On: October 17, 2025 11:05 PM
Follow Us:

म्याग्दीमा राति ९ बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले शुक्रबार सूचना जारी गदै देउसीभैलो, नाचगान तथा सांस्कृतिक कार्यक्रम गर्ने समयसिमा तोकिएको हो ।

रातको समयमा देउसीभैलोको बहानामा उच्छृङ्खल गतिविधि हुनसक्ने भएकाले समयसीमा तोकिएको भन्दा बढी समय देउसीभैलो सहित सांस्कृतिक कार्यक्रम बन्द गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले बताउनुभयो । ‘देउसी भैलोमा तोकेरै पैसा असुल्ने गतिविधिलाई रोक्न आफ्नो इच्छा अनुसार दान दिनुहोला,कसैको इच्छा विपरित र समाजमा असोभनीय कार्य गरेको पाइएमा कानुनी कारवाही हुन्छ’ प्रजिअ तिवारीले भन्नुभयो ।


प्रजिअ तिवारीले तिहार र छठ मनाउने क्रममा पटका, भुइँचम्पा, आतिशवाजी जस्ता प्रज्वलनशील पदार्थको प्रयोगबाट सर्वसाधारणको स्वास्थ्य, सुरक्षा लगायत जनजीवनमै प्रतिकुल असर पर्ने भएकोले त्यस्ता पदार्थको भण्डारण, विक्री वितरण तथा ओसारपसार नगर्न समेत अनुरोध गर्नुभएको छ ।

त्यस्तै तिहारको समयमा मदिरा सेवन गर्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीधनीलाई कारवाही गरिने छ । यसैबीच प्रहरीले पटका, भुइँचम्पा, आतिशवाजी जस्ता प्रज्वलनशील पदार्थको बिक्री नगर्द ब्यवसायीलाई अनुरोध गरेको छ । जिल्लाभर रहेको यूनिट तथा साधा पेशाकमा समेत जुवातास सहित चाडपर्वमा हुने कानुन विपरितका गतिविधिलाई नियन्त्रणका लागि परिचालन गरिएको छ ।

Leave a Comment